बिहीबार, २५ जुन, २०२६
21:56 | ०२:४१

बिसीसी यूकेद्वारा टुल्कु रिन्पोछेको स्वागत र आर्ट लामाको विदाई

नेपाली लिङ्क नोभेम्बर ११, २०२१


लण्डन । बुद्धिष्ट  कम्युनिटी सेन्टर (बिसीसी) यूकेले टुल्कु ग्यूरमेद कुन्जाङ रिन्पोछेको स्वागत तथा आर्ट गुरु रिग्जीनको विदाई गरेको छ । 

गत बुधबार १० नोभेम्बर साँझ बिसीसी यूकेको अल्डरसटस्थित गुम्बामा टुल्कु रिन्पोछेको स्वागत तथा आर्ट लामाको बिदाई गरिएको हो । 

काठमाण्डौस्थित सेचन गुम्बामा कार्यरत टुल्कु रिन्पोछे केही महिना गुम्बामा रहने छन् । त्यस्तै, गत दुई महिना देखि गुम्बामा रहेका आर्ट गुरु आफ्नो बासस्थान सेफिल्ड जान लागेका हुन् । 

कार्यक्रममा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले टुल्कु रिन्पोछेलाई खादा लगाई स्वागत र आर्ट लामा रिग्जीनलाई विदाई गरे । 

त्यस्तै, बिसीसी यूके आमा समूहकी उपाध्यक्ष जगना गुरुङले  टुल्कु रिन्पोछेलाई फूल गुच्छाले स्वागत र आर्ट लामा रिग्जीनलाई विदाई गरिन्। 

सो अवसरमा अध्यक्ष तामाङले टुल्कु रिन्पोछेको बेलायत बसाई सुखमय होस् भन्ने कामना गरे भने आर्ट लामा रिग्जीनले गुम्बालाई दिएको समयप्रति धन्यवाद दिए । 

त्यस्तै, टुल्कु रिन्पोछेले आफूलाई स्वागत गरेकामा गुम्बाप्रति धन्यवाद दिए भने आर्ट लामाले छिटो समय भए पनि गुम्बाको बसाई अत्यन्त राम्रो भएको बताउदै धन्यवाद दिए ।

बिसीसी यूकेका लामा गुरु खेन्पो कुन्ख्यापको समेत विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङ, संस्थापक अध्यक्ष ले. काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ,  महासचिव क्याप्टेन देब घले, असिस्टेन्ट पीआर सेक्रेटरी जोय कम्बल, पूजा संयोजक आइबहादुर गुरुङ, कार्यसमितिका पदाधिकारी, आमा समूह, सल्लाहकार, ट्रष्टीज, भक्तजन लगायत आमाहरुले टुल्कु रिन्पोछेको खादा लगाई स्वागत तथा आर्ट लामाको विदाई गरेका थिए । 

बिसीसी यूकेका अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव क्याप्टेन देव घलेले संचालन गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू