मंगलबार, वैशाख १८, २०८१
02:44 | ०७:२९

अन्तराष्ट्रिय यात्रामा खुकुलो बन्दै बेलायत, नेपाल अझै पनि रेड लिस्टमा

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२१


लन्डन । बेलायत सरकारले बाह्य मुलुकको यात्राका लागि लागू गरेको आफ्नो नियम परिवर्तन गरेको छ ।  

शुक्रबार बेलायत सरकारका यातायातमन्त्री ग्र्यान्ट श्याप्सले आगामी अक्टोबर ४ देखि कार्यान्वयन हुने गरी अन्तराष्ट्रिय यात्रासम्बन्धि नियम थप ‘सरल’ पारिएको घोषणा गरे ।  

बेलायतले बाह्य मुलुकबाट हुने यात्राको लागि अहिले कायम गरेको ग्रीन, एम्बर र रेड लिस्ट देशहरुको वर्गीकरण नयाँ नियम लागू भएसँगै हटाइनेछ । त्यसपछि जोखिमयुक्त देशहरुलाई मात्रै ‘रेड लिस्ट’ मा राखिनेछ । 

कोभिड खोपका दुवै डोज लगाएका यात्रुहरुले रेड लिस्टबाहेकको देशबाट बेलायत आउनु तीन दिनअघि पिसिआर पिसिआर टेस्ट गर्नुपर्ने अहिलेको नियम हट्नेछ ।  

नयाँ नियम रेड लिस्टमा रहेका देशहरुबाट बेलायत आउनेका लागि समेत केही सहज हुनेछ। बेलायत आएको दोस्रो दिनमा गर्नुपर्ने पिसिआर टेस्टका ठाउँमा पनि सस्तो विकल्प ल्याइनेछ ।  

शुक्रबार मन्त्री श्याप्सले पाकिस्तान, बङलादेश, श्रीलंकासहितका दक्षिण एशियाली मुलुकहरुसंगै ८ मुलुकलाई  रेड लिस्टबाट हटाइएको घोषणा गरे । यी देशहरु यही सेप्टेम्बर २२ देखि नै लागू हुने गरी रेड लिस्टबाट बाहिरिनेछन् ।  

रेड लिस्टबाट बाहिरिने मुलुकबाट बेलायत आउने यात्रुहरुलाई ११ दिनको होटेल क्वेरन्टिन बस्नुपर्ने छैन् ।  

अरु दक्षिण एशियाली देशहरु रेड लिस्टबाट बाहिरिएपनि नेपाल भने यूकेको ‘रेड लिस्ट’ बाट अझै हट्न सकेको छैन । भारतलाई पनि यसअघि नै रेड लिस्टबाट हटाइएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू