शनिबार, २६ सेप्टेम्बर, २०२६
01:06 | ०५:५१

नेपालमा थप ९ मा संक्रमण, २ सय ७६ पुगे संक्रमित 

नेपाली लिङ्क मे १६, २०२०

काठमाडौं  ।  नेपालमा शनिबार कोरोना भाइरसबाट थप ९  संक्रमित  फेला परेका छन् । 

यससंगै  नेपालमा संक्रमितहरुको  जम्मा संख्या २ सय ७६ पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए  ।

नयाँ संक्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष छन् । यसअघि शनिबार नै बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा संक्रमण  देखिएको थियो । 

शुक्रबार मात्र १८ संक्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू