बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाहरुले थाले रिले अनसन


लण्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायत सरकारले आफ्ना माग वेवास्ता गरेको भन्दै रिले अनसन शुरु गरेको छ ।
बुधबार दिउसो एक बजेदेखि लन्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडि रिले अनसन शुरु भएको हो ।
शुरुमा १३ जना भिसीको नाममा १३ दिने रिले अनसन कार्यक्रम अन्तर्गत पहिलो दिन भूपू गोर्खा धन गुरुङ अनसनमा बसेका छन् भने भोलि बिहीवार गोर्खा अभियन्ता ज्ञानराज राई बस्ने छन्।

तस्बिर- अर्जुन बस्नेत
‘१३ दिने रिले अनसनसम्म बेलायतले वार्ता मिति र समिति गठन गरेन भने हामी भोक हड्तालमा जान्छौं’-गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले नेपाली लिंकसँग भने ।
अनसन स्थलमा सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राई लगायत भूपू गोर्खाहरु छन् । दोस्रो चरणमा आमरण अनसन बस्न ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घले बस्न सहमत भएका छन् ।
भूपू गोर्खाहरु प्राविधिक कमिटीले दुवै देशका सरकारलाई बुझाएको समान पेन्सनसहित १३ बुंदे माग कार्यान्वयन गर्न आन्दोलनरत छन्। तर, यो अनसनबारे भने गेसोको एउटा खेमाले तीव्र विरोध गर्दै आएको छ ।
‘गेसो नटुक्रंदाको अवस्थामा घोर विरोध गर्दा त त्यसले केही असर गरेन । अहिले त गेसोको ६ समूहमध्ये एक समूहको रोइ कराइले हामीलाई केही फरक पर्दैन’, ज्ञानराज राईले भने, ‘हाम्रो आन्दोलनमा बेलायती भेट्रान्स, सिख समुदाय र बेलायती नागरिकको पूर्ण साथ छ ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५