आइतबार, ६ जुलाइ, २०२५
01:51 | ०६:३६

उत्कृष्ट हिरो अवार्डका लागि मत माग्दै भूतपूर्व गोर्खा

क्षेत्री 'पल स्टेफेन्सन अनसङ हिरो अवार्ड’ का लागि मनोनयनमा

नेपाली लिङ्क नोभेम्बर १२, २०२०

लन्डन । सामाजिक सेवामा महत्वपूर्ण योगदान गरेवापत उत्कृष्ट हिरो अवार्डका लागि मनोनयनमा परेका बेलायत स्वीन्डन निवासी राजनकुमार क्षेत्री अहिले भोट माग्न व्यस्त छन् । उक्त अवार्ड जित्न उनलाई असंख्य मत आवश्यक छ ।

बेलायतमा सामुदायिक सेवा गरेवापत प्रदान गरिने ‘पल स्टेफेन्सन अनसङ हिरो अवार्ड २०२०’ का लागि मनोनयनमा परेदेखि नै भूतपूर्व गोर्खा सैनिक क्षेत्रीलाई बधाइ र शुभकामनाको ओइरो छ । आफन्तजन र शुभचिन्तकहरुको शुभेच्छाले उनी थप उत्साहित छन् । उनमा जितिने विश्वास पनि जागेको छ ।

उनी बेलायतस्थित विभिन्न सामाजिक संघ संस्थासंग आवद्ध रहँदै आए । क्षेत्री समाज बेलायतका निवर्तमान अध्यक्ष तथा चौतारी लायन्स क्लव स्वीन्डनका उपाध्यक्ष क्षेत्री इन्टेक १९८५ र नेपाली समाज वील्सायरको पूर्व अध्यक्ष भइसकेका छन् ।

यस्तै गैर आवासीय नेपाली संघ यूके तथा पोखरेली मञ्च यूकेका सल्लाहकार समेत रहेका क्षेत्री स्याङ्जा समाज यूकेको संरक्षक हुन् । क्षेत्रीले सन् १९८५ देखि सन् २००१ सम्म ब्रिटिश सेनामा काम गरेका थिए ।

नेपालमा भूकम्प जाँदा होस् वा बेलायतमा कोभिड १९ महामारी । ब्राइट फ्युचर संस्थाका लागि प्रशस्त रकम संकलनमा उनको अमुल्य योगदान छ ।

सन् २०१२ मा आफू स्वीन्डन नेपाली समाजको अध्यक्ष हुँदा वृद्धवृद्धाका लागि अंग्रेजी भाषा कक्षा सञ्चालन, अस्पतालमा निःशुल्क दोभाषेको काम, कलेज पढ्ने विद्यार्थीका लागि आइसीटी कोर्स, अंग्रेजी तथा नेपाली भाषा प्रशिक्षण, एसआइए कोर्स लगायत विभिन्न किसिमका सीपमूलक तथा ज्ञानमूलक कार्यक्रम स्थानीय क्षेत्रबाट नै उपलब्ध गराएर उनी धन्यवादको पात्र बनेका थिए ।

उनले आफू जन्मेको ठाउँ स्याङ्जालाई एउटा एम्बुलेन्स उपलब्ध गराए । भूइँचालोबाट क्षतिग्रस्त स्कुलमा २ कोठाको विद्युतीय पुस्तकालय बनाइदिए । समुदायभित्र विभिन्न सीप र ज्ञानमुलक कोर्ष पनि गराए उनले ।

उक्त अवार्डमा भोटका आधारमा अन्तिम विजेता छानिनेछ । आगामी नोभेम्बर १५ तारिखसम्म एमटीएम को वेबसाइटमा गएर भोट गर्न सकिनेछ ।

यसैगरी वेष्ट कम्युनिटी अवार्डमा ‘नेपाली एसोसिएसन वील्सायर स्वीन्डन’ र बेस्ट रेस्टुरेन्ट अवार्डमा ‘याक दी हिमालयन रेस्टुरेन्ट’ पनि मनोनयनमा परेका छन् । भोट गर्न- यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू