बेलायतका एनएचएस स्टाफले हप्ताको दुईपटक कोरोना परीक्षण गर्नुपर्ने


लन्डन । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) मा कार्यरत कर्मचारीहरुले हप्ताको दुईपटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । आजैबाट लागू हुनेगरी होम किटमार्फत एनएचएस कर्मचारीले आफैले कोरोना परीक्षण गर्नुपर्ने स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् ।
बेलायतमा कोरोना परीक्षणको दायरा बढाउन योर्कशायर, नटिंगहामशायर र वेष्ट मिडल्याण्ड लगायत करिब ७० वटा स्थानमा नयाँ द्रुत गतिको परीक्षण शुरु गर्न लागिएको छ जसबाट एक घण्टा भन्दा कम समयमा नतिजा उपलब्ध हुनेछ ।
भर्खरै लिभरपुलमा गरिएको परीक्षणपछि यसलाई अन्य विभिन्न क्षेत्रमा समेत विस्तार गर्न लागिएको हो । नयाँ प्रविधिको आधारमा सोमबार बेलायतमा दैनिक पीसीआर परीक्षण क्षमता ५ लाख १७ हजार ९५७ रहेको थियो ।
एक दिनभित्र बेलायतको पीसीआर परिक्षणको क्षमता युरोपकै सबैभन्दा बढी हो । सोमबार बेलायतमा झण्डै दुई लाख ७७ हजार पीसीआर परीक्षण गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५