आइतबार, जेठ ५, २०८२
20:04 | ००:४९

जर्मन बायोटेक कम्पनीको कोरोना भ्याक्सिन ‘उत्साहजनक’

नेपाली लिङ्क नोभेम्बर २, २०२०

लन्डन । कोरोना संक्रमणको तीव्रतासंगै यस विरुद्धको भ्याक्सिन निर्माण गर्ने होडबाजी पनि उत्तिकै प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहेको छ । भ्याक्सिनको परीक्षण क्रम जारी छ तर मानव परीक्षणमा यसको प्रभावबारे विश्वस्त हुन अझै केहि समय लाग्ने वैज्ञानिकहरुले बताउंदै आएका छन् ।

यसैक्रममा हाल जर्मन बायोटेक कम्पनीले विकास गरिरहेको ‘क्योरभ्याक’ निकै प्रभावकारी र उत्साहजनक रुपमा अगाडि बढेको निर्माणकर्ताहरुको दावी छ । पछिल्लो चरणको परीक्षणबाट निकै उत्साहित भएको ‘क्योरभ्याक’ का कार्यकारी निर्देशक फ्रान्ज वेर्नरले उल्लेख गरेका छन् ।

उक्त भ्याक्सिन यसै वर्षको अन्त्यसम्म स्वयंसेवकहरुमाथि अन्तिम चरणको परीक्षण गरिने कम्पनीले बताएको छ । गम्भीर अवस्थाबाट निको भएका व्यक्तिहरूको तुलनामा स्वयंसेवकहरुले एन्टीबडी विकास गर्न सफल भएको जर्मन बायोटेकका लगानीकर्ता डाइटमार हप, द गेट्स फाउन्डेशन र ग्लैक्सो स्मिथक्लाइनले भनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू