मंगलबार, वैशाख १८, २०८१
10:36 | १५:२१

यूकेका चारै राज्यमा एनआरएनए काउन्टी समिति गठन प्रक्रिया अघि बढाइने

नेपाली लिङ्क नोभेम्बर २, २०२०

लन्डन । यूकेका चार वटै राज्यमा एनआरएनए यूकेअन्तर्गतका काउन्टी समिति गठन अघि बढाइने भएको छ ।

एनआरएनए यूके राज्य समन्वय विभागको आइतबार सम्पन्न बैठकले काउन्टी समिति गठनका लागि आवश्यक तयारी शुरु गर्ने निर्णय गरेको छ ।  

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव कोशलेश्वर ढकालका अनुसार एनआरएनए यूके राष्ट्रिय परिषद र चारवटै राज्य समन्वय परिषदसंगको समन्वयमा काउन्टी समितिहरु गठन प्रक्रिया अघि बढाउने योजना छ ।  

बैठकले काउन्टी समिति गठनको लागि आवश्यक नियमावलीसहितका तयारी शुरु गर्ने निर्णय गरेको छ । यही विषयमा थप छलफलका लागि आगामी डिसेम्बर २६ मा एनआरएनए यूके राष्ट्रिय परिषद र चारवटै राज्य समन्वय परिषदहरुसँग पनि विभागले संयुक्त छलफल गर्ने तय गरिएको छ ।  

एनआरएनए यूकेलाई क्षेत्रीय अवधारणामा लैजाने प्रक्रियामा राज्य समन्वय परिषदहरुसंगै काउन्टी समितिहरु समेतको अवधारणा ल्याइएको थियो ।  

राज्य समन्वय विभाग संयोजक ढकालको अध्यक्षतामा भर्चुअल रुपमा बसेको बैठकमा विभागका सल्लाहकारहरु राम गलामी र लालबहादुर थापाका साथै ललितकुमार न्यौपाने, तारा लम्साल, शिवराज पन्त, कृष्ण देवकोटा, केसरी क्षेत्री श्रद्धा थापा, खिमलाल भट्टराई, अन्जना थापा लगायत सदस्यहरुको सहभागिता थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू