बेलायतवासी खड्काको संयोजनमा गाउँवासीलाई दशैं कोशेली
३ लाख २० हजार एक सय ६५ रुपैयां सहयोग


लन्डन । हाल बेलायत बसोवास गर्ने लोटिङ,
चिलंखा निवासी भीमसेन खड्काको संयोजकत्वमा नेपालमा दशैं कोशेली वितरण गरिएको छ । कोरोना भाइरस रोगले भन्दा भोकले आक्रान्त बनेका गाउंलेहरुलाई दशैंका बेला थोरै भएपनि खुशी प्रदान गर्न खाद्यान्न वितरण गरिएको हो ।
नेपालीहरुको महान पर्व दशैं नजिकिंदै गर्दा गाउंघरमा दशैं मनाउने वातावरण मिलाउने प्रयास गरेको खड्काले बताए ।
छोटो समयमा ३ लाख २० हजार एक सय ६५ रुपैयां संकलन गरि एक सय २५ घरका लागि दुई लाख ६५ हजार २ सय ५ रुपैंया बराबरको चामल, चिउरा, तेल लगायत खाद्य सामग्री वितरण गरिएको छ । वितरण कार्यक्रममा जेनी खड्का, बाबा खड्का, उद्धव खड्का, शिब खड्का, केशर खड्का, राजेन्द्र खड्का, रामचन्द्र खड्का, रबिन खड्का, प्रविण खड्का, बिदुर खड्का, रितेश खड्का, इश्वर जोशी लगायतले सहयोगी भूमिका निर्वाह गरेका थिए ।
‘दशैं भन्ने बित्तिकै सबैको मानसपटलमा झल्किने वाल्यावस्थाको सम्झना यसपटक केवल सम्झनामा नै सिमित हुन पुगेको छ, त्यसैले आफू जन्मे हुर्केको माटो र पुरख्यौली भूमिको अस्तित्व बचाइराख्न लोटिङ गाउंबाट विदेशिएका साथीभाई मिलेर दशैंको कोशेली बांडिएको हो’, खड्काले भने ।
यसबाट आपसी एकता बढ्नुका साथै भावी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र गाउंसंगको सम्बन्ध अझ प्रगाढ हुने सहयोगीहरुको धारणा छ ।
संकलित रकममध्ये बांकी रहेको ५४ हजार ९ सय ६० रुपैयां ‘कोभिड १९ विरुद्ध परोपकारी कोष’ मा जम्मा गरिने भएको छ ।
यस अभियानमा बेलायतबाट भीमसेन खड्का ,सुरज खड्का, संजय खड्का, अमेरिकाबाट जयबहादुर खड्का, सन्तोषी खड्का (श्रेष्ठ), महेश खड्का, अंकित खड्का र देवेन्द्र खड्का, अष्ट्रेलियाबाट सुरेन खडका, रुपेन खड्का, कृष्ण खड्का, सुशील खड्का र क्षितिज खड्का, जापानबाट बेधबहादुर खड्का, युएईबाट रन्जित खड्का, साइप्रसबाट सुशीला खड्का, कोरियाबाट बिदुर खड्का र मनोज (रायन जंग) खड्का, क्यानडाबाट साधना खड्का र हाल काठमाण्डू, कपन निवासी केशरकुमार खड्काले महत्वपूर्ण योगदान गरेका छन् ।
यसैगरी हाल सिनामंगल काठमान्डौ निवासी रबिन खड्काले माक्स र सेनिटाइजर व्यवस्थापन गरेका थिए ।
संयोजक खड्काले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै समाजसेवा र परोपकारी भावनालाई निरन्तरता दिन आग्रह गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५