आइतबार, २९ नोभेम्बर, २०२६
18:53 | ००:३८

विद्यार्थी भिजामा बेलायत आएर १० वर्ष पुगेपनि पिआर लिन रोक

नेपाली लिङ्क नोभेम्बर २९, २०२६

लन्डन । विद्यार्थी भिजामा बेलायत आएर कानूनी रुपमा १० वर्ष बसेपनि यहांको पिआर नपाइने भएको छ ।

सरकारले हालै घोषणा गरेको नयां नियमपछि पहिला जस्तो लंग रेसिडेन्स नियम बन्द हुने भएर उक्त व्यवस्था खारेज हुन लागेको हो ।

‘विभिन्न भिजामा लगातार १० वर्ष बेलायत बसेर सेटलमेन्ट लिने पुरानो ‘लङ रेसिडेन्स’ नियम बन्द हुने भएकाले विद्यार्थी वा ग्रयाजुएट भिजामा बिताएका वर्षहरु नयां १० वर्षे पिआर (अन्र्ड सेटलमेन्ट) को समयसीमामा गणना हुने छैनन्’, लन्डनस्थित अध्यागमन सोलिसिटर राजु थापाले भने, ‘पीआरको समय गणना तबमात्र हुनेछ जब तपाईं पीआरका लागि योग्य मानिने (जस्तै स्किल्ड वर्कर भिजा) मा जानुहुनेछ ।’

थापाले विद्यार्थी र ग्रयाजुएट भिजाका लागि नयां नियम लागू भएपछि विद्यार्थी वा ग्रयाजुएट भिजामा पहिले नै बिताइसकेको समय सुरक्षित राख्न वा पीआरमा जोड्नका लागि कुनै पनि संक्रमणकालिन व्यवस्था नगरिएको पनि जनाए ।

विद्यार्थी र ग्राजुएट भिजासम्बन्धी परिवर्तन

जनवरीदेखि स्नातक र स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीहरूका लागि पोस्ट स्टडी वर्क (ग्रयाजुएट भिजा) को अवधि २ वर्षबाट घटाएर १८ महिना कायम गरिएको तर विद्यावारिधि गर्नेहरूका लागि ३ वर्ष यथावत् रहेको थापाले बताए ।

सरकारले विद्यार्थी भिजा आवेदनका लागि देखाउनुपर्ने मासिक जीवनयापन खर्च र भिजा शुल्कमा वृद्धि गर्नुका साथै विश्वविद्यालयहरूको ‘कम्प्लायन्स’ माथि पनि कडा निगरानी लागू गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू