सोमबार, २३ नोभेम्बर, २०२६
21:28 | ०३:१३

यूकेको हाउस अफ लर्डसमा व्यवसायी गिरीलाई ‘अन्तर्राष्ट्रिय ग्रीन एप्पल वातावरण पुरस्कार’

नेपाली लिङ्क नोभेम्बर २३, २०२६

लन्डन । बेलायतको अल्डरसटस्थित एम्पायर हलका सञ्चालक समाजसेवी पुरन गिरी अन्तर्राष्ट्रिय ग्रीन एप्पल वातावरण पुरस्कार २०२६ (सिल्भर) बाट सम्मानित भएका छन् । सोमबार ब्रिटिश संसदको उपल्लो सदन हाउस अफ लर्डसमा आयोजित विशेष समारोहमा व्यवसायी गिरीलाई ‘द ग्रीन अर्गनाइजेसन’ ले उक्त प्रतिष्ठित अवार्ड प्रदान गरेको हो ।

‘द ग्रीन अर्गनाइजेसन’ सन् १९९४ मा स्थापना भएको एक अन्तर्राष्ट्रिय, स्वतन्त्र, गैर–नाफामूलक र गैर–राजनीतिक वातावरणीय समूह हो जुन विश्वभर वातावरणीय क्षेत्रका उत्कृष्ट अभ्यासहरूको पहिचान, तिनलाई पुरस्कृत तथा प्रवर्द्धन गर्न समर्पित छ।

गिरीसहित नेपाली उद्यमीहरुको एउटा समूहले झण्डै दुई वर्षअघि अल्डरसटस्थित वेलिङटन सपिङ सेन्टर र आसपासको प्रपर्टी करिब १० मिलियन पाउण्डमा खरिद गरेको थियो ।

वेलिङटन सपिङ सेन्टरमा वातावरण संरक्षण, स्वच्छता र दिगो विकासजस्तो महत्वपूर्ण क्षेत्रमा गिरीले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको जनाइएको छ । बेलायतमा यही विद्यामा हाउस अफ लर्डसमा अरु नेपालीले यस्तो अवार्ड प्राप्त नगरेको गिरीले बताए ।

‘यस्तो सम्मानले हामी निस्वार्थ रुपमा समाज र राष्ट्रको हितमा काम गर्न चाहनेलाई थप प्रेरणा मिल्ने रहेछ’, अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्षसमेत रहेका गिरीले भने ।

वेलिङटन सपिङ सेन्टरका म्यानेजर जस्टिन कोलले अवार्डबाट खुशीसहित आफूहरुलाई वातावरण संरक्षणमा थप प्रेरणा मिलेको बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू