सोमबार, २ नोभेम्बर, २०२६
20:53 | ०२:३८

गोर्खा सैनिकको पेन्सन लगायत विषयमा बेलायती राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

रासस नोभेम्बर २, २०२६

काठमाडौँ, कात्तिक १६ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) लगायत विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयलगायतमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू