बुधबार, २१ अक्टोबर, २०२६
07:52 | १२:३७

राष्ट्रपति पौडेलले ११ः५३ को शुभ साइतमा लगाए टीका

रासस अक्टोबर २१, २०२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू