बुधबार, १४ अक्टोबर, २०२६
14:50 | १९:३५

बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

नेपाली लिङ्क अक्टोबर १४, २०२६

बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबरा

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १३ देशका राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम अनुमोदन गरेको हो ।

तर समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेल र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम अनुमोदन गर्न अस्वीकृत गरेको छ।

संयुक्त अधिराज्य (बेलायत) का लागि राजदूत पदमा गौरवशमशेर जबराको नाम अनुमोदन भएको हो ।

संसदीय समितिबाट अनुमोदन भएका नाम:

डा. निश्चलनाथ पाण्डे, भारत

कल्याणराज शर्मा, चीन

चिरनजंग थापा, अमेरिका

गौरवशमशेर जबरा, बेलायत

सरु जोशी, जर्मनी

सुरेश कुमार कर्ण, इजरायल

पद्माक्षी राणा, ओमान

संगम श्रेष्ठ, दक्षिण कोरिया

प्राप्ति शेरचन, स्पेन

डा. मञ्चला झा, श्रीलंका

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू