ग्लास्गोमा एनआरएनए स्कटल्याण्डको रक्तदान

ग्लास्गो- एनआरएनए स्कटल्याण्डको आयोजनामा सोमबार ग्लास्गोमा आयोजित सामूहिक रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन्।
मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायका सदस्यहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रक्तदान गरेको संस्थाले जनाएको छ।
रक्तदान गर्नेहरूमा यादव पराजुली, पदमलाल खरेल, देवराज अधिकारी, देवेन्द्र गैरे, परशुराम सापकोटा, माधव भण्डारी, जगन्नाथ गोर्कण भुसाल, पवन खड्का, लिला न्यौपाने (लक्ष्मी), विनोद भण्डारी, सरिता भण्डारी, हर्क कार्की, युवराज तिवारी, हेम श्रेष्ठ, नारायण न्यौपाने, विष्णुप्रसाद घिमिरे, युवराज सापकोटा र शिव खराल छन्।
एनआरएनए स्कटल्याण्डले रक्तदान गर्ने सबैलाई धन्यवाद दिँदै रक्तदानलाई व्यक्तिगत रूपमा मात्र नभई समुदायस्तरमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।
संस्थाका अनुसार रक्तदानले आकस्मिक उपचार, शल्यक्रिया, क्यान्सर उपचार तथा प्रसूतिका क्रममा आवश्यक पर्ने रगतको आपूर्तिमा योगदान पुर्याउन सक्छ। योग्य व्यक्तिले स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरी सुरक्षित रूपमा रक्तदान गर्न सक्ने जनाइएको छ।
कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा एनआरएनए स्कटल्याण्डका कोषाध्यक्ष पदम खरेल र अध्यक्ष शेर केसीलगायतको भूमिका थियो। कार्यक्रमलाई व्यवस्थित बनाउन ग्लास्गो ब्लड डोनेसन सेनातारमा ओअसिसले गरेको समन्वय तथा सहयोगप्रति पनि संस्थाले आभार व्यक्त गरेको छ।
एनआरएनए स्कटल्याण्डले रक्तदान गर्न इच्छुक तर सोमबारको कार्यक्रममा सहभागी हुन नसकेकाहरूलाई आगामी कार्यक्रमहरूमा सहभागी हुन आह्वान गरेको छ।
आगामी रक्तदान कार्यक्रम ग्लास्गोमा १२ अक्टोबर र डम्फर्मलाइनमा ७ जनवरीमा आयोजना हुने जनाइएको छ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


