सोमबार, ५ अक्टोबर, २०२६
प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

नेपाली लिङ्क
अक्टोबर ५, २०२६

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् ।
बेलायती सेनाका चिफ अफ जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणमा उनी बेलायत प्रस्थान गरेका हुन् ।
उनको बेलायत भ्रमण १९ असोजदेखि २५ गतेसम्म तय छ ।
प्रधानसेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।
यस किसिमको भ्रमणले दुई देशको आपसी सम्बन्ध तथा सैनिक कुटनीतिकमार्फत नेपालको पराष्ट्र नीतिलाई समेत योगदान पुग्ने नेपाली सेनाले बताएको छ।
उनको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


