बुधबार, १६ सेप्टेम्बर, २०२६
२० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि क्रिकेट टोली घोषणा

रासस
सेप्टेम्बर १६, २०२६

फाइल तस्विर
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जापानमा आगामी असोजमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ । त्यस्तै टोलीका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल छन् ।
अगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा २०औँ एसियाली खेलकुद प्रतियोगिता हुँदैछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


