सोमबार, ३ अगस्ट, २०२६
23:02 | ०३:४७

लन्डनस्थित नेपाल फुड्सको ब्रान्ड एम्बासडर बने क्रिकेटर गुल्सन झा

नेपाली लिङ्क अगस्ट ३, २०२६

लन्डन । नेपाली क्रिकेटर गुल्सन झा बेलायतस्थित कम्पनी नेपाल फुड्सको ब्रान्ड एम्बासडर बनेका छन् ।

राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडी झा र नेपाल फुड्सका निर्देशक विकास नेपालले सोमबार लन्डनमा एक समझदारी पत्रमा हस्ताक्षर गरे । दुई वर्षका लागि सम्झौता भएको हो ।

हाल लन्डनमा रहेका झाले नेपाल फुड्सको ब्रान्ड एष्बासडर बनेसंगै उक्त कम्पनीको प्रचार प्रसारमा सहयोग गर्नेछन् ।

हस्ताक्षरपछि क्रिकेटर झाले लन्डनमा स्थापित नेपाली उत्पादनहरु विक्री वितरण गर्दै आएको कम्पनीसंग जोडिएर यसको प्रवर्धन गर्न पाएकामा खुशी व्यक्त गरे ।

नेपाल फुड्सका विकास नेपालले पनि गुल्सन जोडिएसंगै आफ्नो कम्पनीले थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफूले थोरै भएपनि नेपाली क्रिकेट खेलाडी र खेल विकासमा योगदान गर्न पाएकामा आभार समेत व्यक्त गरे ।

ब्रान्ड एम्बासडरका लागि माया क्रिकेट क्लवका सञ्चालक राज पाण्डेले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

सन् २०१८ देखि लन्डनमा शुरु भएको नेपाल फुड्सले बेलायतसहित अष्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरि २५ देशमा झण्डै तीनसय नेपाली उत्पादन आपूर्ति गर्दै आएको छ ।

कम्पनीका निर्देशक नेपालले गत वर्ष ’इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेका थिए । इन्डो–ब्रिटिश बिजनेस फोरमले उनलाई सो अवार्ड प्रदान गरेको थियो ।

नेपाल फुड्सले सन् २०२४ मा पनि नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू