सोमबार, १३ जुलाइ, २०२६
14:57 | १९:४२

लन्डनमा दुबई प्रपर्टी इभेन्ट, परामर्शसंगै बांडियो छुट र अफर

नेपाली लिङ्क जुलाइ १३, २०२६


लन्डन– युएईको प्रतिष्ठित प्रपर्टी डेभलपर कम्पनी ‘डमाक’ को ‘लन्डन दुबई प्रपर्टी इभेन्ट’ आइतबार लन्डन ग्रीनवीचको नभोटेल होटेलमा सम्पन्न भएको छ ।

दुबईबाटै आएका कम्पनीका प्रतिनिधिको सहभागिता रहेको इभेन्ट उल्लेख्य सहभागीहरुका साथ सफलतापूर्वक सम्पन्न भएको संयोजक एवम् डमाक आधिकारिक एजेन्ट भरत लामिछानेले बताए।

सो अवसरमा सहभागीहरुलाई डमाक प्रतिनिधिले वान टु वान रुपमा परामर्श उपलब्ध गराएका थिए।

त्यसक्रममा दुबई प्रपर्टी मार्केटको वर्तमान अवस्थादेखि यसको भावी स्कोप, लगानीका अवसर र सम्भावित चुनौतिसम्मका विषयमा जानकारी बांडिएको थियो।

इभेन्टका अवसरमा कम्पनीका तर्फबाट विशेष डिल र अफरहरु समेत उपलब्ध गराइएको थियो।

डमाक एजेन्ट लामिछानेका अनुसार इभेन्टमा सहभागी कयौंले दुबईका प्रपर्टीमा आफ्नो रुची दर्ता गराएका छन् । त्यस्तै, केहीले डिपोजिट नै बुझाएर प्रपर्टी नै बुक समेत गरेका छन्।

कार्यक्रमका सहभागीहरुले पनि दुबईको प्रपर्टी मार्केटबारे धेरै विषयमा जान्न, बुझ्न पाएको भन्दै इभेन्ट उपयोगी रहेको बताए। दुबईबाटै आएका डमाक कम्पनीका प्रतिनिधिबाट सुन्ने मात्र नभइ, वान टु वान रुपमा आफ्ना जिज्ञासा समेत राख्न पाउँदा यसअघि अन्योल रहेका कयौं विषयमा स्पष्ट हुने अवसर मिलेको उनीहरुको भनाइ थियो ।

इभेन्टका अवसरमा कम्पनीले उपलब्ध गराएको विशेष छुट र अफरले पनि धेरैलाई आकर्षित गरेको थियो।

इभेन्टमा सहभागी बेलायतका नेपाली मात्रै नभइ गैरनेपाली समुदायका समेत कयौं सदस्य थिए । उनीहरुलाई दुबईबाटै आएका डमाक कम्पनीका एक निर्देशक र एक म्यानेजरले परामर्श दिएका थिए

इभेन्टका अवसरमा इच्छुक ग्राहकलाई दुबईमा प्रपर्टी खरिदका लागि आवश्यक मोर्गेज प्रबन्ध गर्नेदेखि प्रपर्टी खरिद गरिसकेपछि प्रपर्टीको म्यानेजमेन्ट र भाडामा लगाउनेसम्मका विषयमा पनि जानकारी बाँडिएको थियो।

डमाक एजेन्ट लामिछानेले आफ्नो संयोजनमा लन्डनमा पहिलोपटक सम्पन्न कार्यक्रमको सफलताबाट आफू उत्साहित बनेको बताए ।

आगामी महिनाहरुमा पनि बेलायतका विभिन्न स्थानमा यस्तै इभेन्टमार्फत् धेरैसम्म पुग्ने कोशिस जारी राख्ने उनले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू