क्यान्सरपीडित गेसो संस्थापक गुरुङको उपचारका लागि जिगेसाले पठायो सहयोग

लन्डन- ग्रीनवीच गोरखा एक्स–सर्भिसमेन एसोसिएसन (जिगेसा)ले गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक अध्यक्ष पदमबहादुर गुरुङलाई आर्थिक सहयोग प्रदान गरेको छ।
हाल नेपालमा क्यान्सरसंग जुधिरहेका गुरुङको उपचारका लागि ७५० पाउण्ड (करिब १ लाख ५२ हजार रुपैयाँ) सहयोग गरिएको जिगेसा अध्यक्ष हरिकुमार मल्लले जानकारी दिए।
जिगेसाले केही दिनअघि आयोजना गरेको समर घुमफिर कार्यक्रमका अवसरमा आफ्ना सदस्यहरुबाट उक्त रकम संकलन गरेको थियो। संकलित रकम नेपाल पठाएर गुरुङलाई हस्तान्तरण गरिसकिएको अध्यक्ष मल्लले बताए।
बेलायतमा रहेका भूतपूर्व गोर्खाका परिवारलाई यहाँसम्म ल्याउन तथा भूतपूर्व गोरखा सैनिकहरूको हकहित र अधिकारका लागि पदमबहादुर गुरुङले पु¥याएको योगदानको सम्मानस्वरूप उक्त सहयोग गरिएको जिगेसाले जनाएको छ।
नेपालमा उपचाररत गुरुङको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएपछि मानवीय भावनाले सहयोग गर्ने निर्णय गरिएको हो। संघले यसअघि पनि गत वर्ष उनको उपचारका लागि ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो।
सहयोग हस्तान्तरण गर्दै जिगेसाले कठिन स्वास्थ्य अवस्थासँग जुधिरहेका गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, उनी पूर्ण रूपमा स्वास्थ्य लाभ गरी पुनः परिवार, समाज तथा गोर्खा समुदायको सेवामा सक्रिय रूपमा फर्किन सकून् भन्ने शुभेच्छा पनि व्यक्त गरिएको छ।
पदमबहादुर गुरुङ गेसोका संस्थापक अध्यक्षका रूपमा भूतपूर्व गार्खा सैनिकहरूको अधिकार, समानता र न्यायका लागि लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएका अग्रणी अभियन्तामध्ये एक मानिन्छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


