इलाम समाज बेलायतको वार्षिक भेटघाट २५ जुलाईमा

लन्डन- इलाम समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २५ जुलाई २०२६, शनिबार आयोजना गर्ने भएको छ। कार्यक्रम अल्डरशटस्थित एम्पायर हलमा दिउँसो १ बजेदेखि सुरु हुनेसमाजका अध्यक्ष धन बहादुर राईले जानकारी दिए।
बेलायतमा रहेका इलामेलीहरूबीच आपसी भेटघाट, सद्भाव तथा भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा इलामका छिमेकी जिल्लाका समुदाय तथा विभिन्न संघसंस्थाहरूलाई समेत विशेष निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा द भोइस अफ किड्स नेपालबाट चर्चित गायिका रुक्साना लिम्बू, चर्चित नृत्यकार शिवदास गुरुङ तथा गायक एवं संगीतकार चोक गुरुङको विशेष प्रस्तुति रहनेछ।
साथै बेलायतमा बसोबास गर्दै आएका इलामेली कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिनेछन्।
इलाम समाज बेलायतले बेलायतमा रहेका सम्पूर्ण इलामेली दाजुभाइ तथा दिदीबहिनीहरू साथै शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई साथ, सहयोग र सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


