सोमबार, ६ जुलाइ, २०२६
ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकपको क्वाटरफाइनलमा

रासस
जुलाइ ६, २०२६

काठमाडौँ, असार २२ गते । एर्लिङ हालान्डको गोलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा सोमबार भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नर्वेको जितमा दुवै गोल हालान्डले गर्नुभएको हो । उहाँले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए।
खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरे । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे ।
त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


