युनिगाइडको ब्रान्ड एम्बासडर नियुक्त भए क्रिकेटरद्धय भण्डारी र खान

लन्डन- बेलायतमा मुख्यालय रहेको शैक्षिक परामर्शदाता कम्पनी युनिगाइडले युवा क्रिकेटर तिलकराज भण्डारी र आदिल खानलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
शनिवार बुटवलमा कम्पनीको शाखा कार्यालय उद्घाटनका अवसरमा युनिगाइडको अफिसियल ब्रान्ड एम्बासडरमा क्रिकेटर भण्डारी र खानलाई नियुक्त गरिएको हो ।
सो अवसरमा युनिगाइडका सिईओ गणेश दाहाल र प्रबन्ध निर्देशक ऋषि खनालले क्रिकेकटरद्धयसंग एक वर्षका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुई पक्षीय सहमतिमा सम्झौता थप गर्दै जाने युनिगाइडले जनाएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै क्रिकेटरद्वय भण्डारी र खानले आफूहरूले प्रतिबद्धता गरेअनुसार युनिगाइडसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए। यस्ता सहकार्यले खेलाडीलाई सहजरुपमा आफ्नो काममा लाग्न प्रेरित गर्ने जनाउँदै उनीहरुले भने–‘हामीले जसरी पनि नेपाली क्रिकेटलाई कसरी राम्रो बनाउने ? आफ्नो खेललाई कसरी मजबुत बनाउने नै हुन्छ, यसरी निजी क्षेत्रको समेत साथ पाउँदा निकै खुसी छौँ । उहाँहरूसँग समन्वय र सहकार्य गरेर अघि बढ्छौँ ।’

बेलायतमा मुख्यालय रहेको युनिगाइडका सिइओ गणेश दाहालले अहिले बढ्दै गएको क्रिकेटको क्रेजलाई ध्यानमा राखेर प्रोत्साहनका लागि खेलाडीलाई प्रोत्साहनको कोशिस गरिएको बताए। सामाजिक उत्तरदायित्वअन्तर्गत क्रिकेट क्षेत्रको विकासमा योगदान दिने गरी युनिगाइडका तर्फबाट सहकार्य गरिएको उनको भनाइ छ।
पछिल्लो दुई वर्षदेखि निरन्तर सेवा दिँदै आएको युनिगाइडबाड विद्यार्थीलाई काउन्सिलिङ गरिरहँदा भिसा रिजेक्सनका केस निकै कम आएको उनले बताए।
बेलायतका साथै गत एक वर्षदेखि क्यानडा, अमेरिका र अस्ट्रेलियाका लागि समेत युनिगाइडले काउन्सिलिङ सेवा दिँदै आएको सिइओ दाहालले बताए । कार्यक्रममा प्रबन्ध निर्देशक ऋषि खनालले सही काउन्सिल र सही कोर्समा समावेश गरेर सहयोग गर्दै आएको बताए। अबको पाँच वर्षमा बुटवलको युवाहरूलाई उत्कृष्ट शिक्षा दिएर स्वदेशमा फर्केर योगदान दिने गरी काउन्सिलिङ गर्ने उनले बताए।
कार्यक्रममा नेपाली राष्ट्रिय टिमका पहिलो ब्याचका खेलाडी सञ्जय गुरुङले आफ्नो खेल जीवनको बारेमा स्मरण गरे। शौखका लागि क्रिकेट खेलेको बताउँदै उनले पछिल्लो समय क्रिकेटप्रति आम नागरिकको धारणा परिवर्तन भएको उनले बताए। विश्वकप खेलेको पारस खड्काको २०१४ को ब्याचसँगै क्रिकेट व्यवसायिक बन्न सफल भएको उनले बताए। निजी क्षेत्रको योगदानकै कारण नेपाली क्रिकेट छोटो समयमा उचाइ लिन सफल भएको उनको भनाइ छ । क्रिकेट क्याम्प र एम्पायरिङसम्म क्रिकेट खेलमा धेरै फड्को मारेको गुरुङले बताए।
कार्यक्रममा युनिगाइड बुटवलका काउन्सेलर सञ्जय खनाल, रोयल फूडकोर्टका केशव भुसाल, लुम्बिनी लायन्सका अपरेसन म्यानेजर लक्की आचार्य लगायतले सरकारबाट हुन नसकेका खेल विकासका काममा निजी क्षेत्रको ठूलो योगदान हुँदै आएको बताए।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


