शनिबार, ४ जुलाइ, २०२६
17:17 | २२:०२

लन्डनमा हुंदै डमाक डेभेलपरको दुबई प्रपर्टी इभेन्ट- विशेष डिल र छुटको अवसर

नेपाली लिङ्क जुलाइ ४, २०२६

इभेन्ट संयोजक एवम् डमाक कम्पनीका बेलायतस्थित आधिकारिक एजेन्ट भरत लामिछाने

लन्डन- युएईको पायोनियर प्रपर्टी डेभलपर कम्पनी ‘डमाक’ ले विशेष डिल र अफरहरु उपलब्ध गराउँदै लन्डनमा एक प्रपर्टी इभेन्ट आयोजना गर्ने भएको छ।

कम्पनीका बेलायतस्थित आधिकारिक एजेन्ट भरत लामिछानेको संयोजनमा यही जुलाइ १२ तारिख आइतबार लन्डन ग्रीनवीचको नभोटेल होटेलमा ‘डमाक दुबई प्रपर्टी इभेन्ट’ गरिने भएको हो ।

बिहान ११ देखि साँझ ६ बजेसम्म तय कार्यक्रममा भाग लिन युएईबाटै डमाक कम्पनीका एक निर्देशक र दुई मेनेजरसहितको टीम लन्डन आउँदैछ ।

इभेन्ट संयोजक एवम् डमाक यूके एजेन्ट लामिछानेका अनुसार इभेन्टमा सहभागीले डमाक प्रतिनिधिहरुसंग ‘वान टु वान काउन्सेलिङ’ को अवसर पाउनेछन्।

त्यसअवसरमा यूएईको प्रपर्टी मार्केट, लगानीका अवसर, चुनौतिलगायतका विविध विषयमा जानकारी लिनका साथै आफ्ना जिज्ञासा राख्न र अन्तरक्रिया गर्न समेत सकिनेछ ।

इभेन्टको अवसरमा डमाकले युएई र मुख्यतः दुबईका प्राइम लोकेसनहरुमा उपलब्ध प्रपर्टी विशेष डिल र छुटसहित अफर गर्ने भएको छ ।

सहभागीहरुले उपलब्ध प्रपर्टीहरुबारे जान्ने, बुझ्ने, प्रश्नोत्तर गर्नेदेखि कुनै प्रपर्टीमा आफ्नो रुची रजिष्टर गर्नेदेखि प्रपर्टी खरिदका लागि बुक नै गर्नेसम्मका अवसर पाउनेछन् ।

न्यूनतम शुल्क (रिफन्डेबल) मा रुची दर्ता गर्दा छोटो समयका लागि प्रपर्टी होल्ड हुनेछ भने निश्चित प्रतिशत डिपोजिट नै बुझाएर बुक गर्दा भने ग्राहककै नाममा प्रपर्टी दर्ता हुनेछ ।

डमाकले ग्राहकका लागि ‘रेडी टु मुभ इन’ एवम् ‘अफ प्लान’ गरी दुई फरक ‘सेलिङ मोडल’ अफर गर्दछ । रेडी टु मुभ इनमा शुरुमै सबै रकम बुझाएर प्रपर्टीको स्वामित्व लिइन्छ ।

ग्राहकमाझ बढी लोकप्रिय अफ प्लान मोडेलमा भने शुरुमा डिपोजिट र त्यसपछि मासिक किस्ता तिर्दै केही वर्षभित्र ५० प्रतिशत रकम बुझाएर बाँकी रकमको मोर्गेज लिन सकिन्छ।

डमाक एजेन्ट लामिछानेले युएईका प्रतिष्ठित मोर्गेज प्रदायकसंगको सहकार्यमा आफूहरुले इच्छुक ग्राहकलाई मोर्गेज प्रबन्ध गर्न समेत पूर्ण सहयोग दिलाउने बताए । प्रपर्टी खरिद गरिसकेपछि प्रपर्टीको म्यानेजमेन्टदेखि भाडामा लगाउनेसम्मका कार्यमा पनि आवश्यकताअनुसार ग्राहकलाई सम्पूर्ण सहायता उपलब्ध गराइने उनको भनाइ छ।

इभेन्टका दिन अरु सामान्य दिनको तुलनामा विशेष डिल र छुटसहितको अफर गरिने भएकाले मौकाको सदुपयोग गर्न एजेन्ट लामिछानेले आग्रह गरेका छन्।

चार दशकअघि स्थापित युएईको प्रभावशाली प्रपर्टी डेभलपरका रुपमा डमाकका प्रपर्टी तुलनात्मक रुपमा बढी प्राइम लोकेसनमा रहने र सोहीअनुसार भविष्यमा भाउ वृद्धिको पनि उच्च सम्भावना रहने भनाइ लामिछानेको छ ।

साथै, एजेन्टको माध्यमबाट डिल गर्दा मार्केटमा नदेखिएका प्रपर्टीसम्म पहुंच पुग्ने, एजेन्टको नेगोसिएसन पावरका सहायताले झन् बढी मिलाएको मूल्य पाइने, मोर्गेजदेखि पछि प्रपर्टी व्यवस्थापन र बिक्री नै गर्नुपरेमा पनि सहज सहायता पाइनेजस्ता लाभ हुने तर्क उनको छ ।

युएईको प्रपर्टी मार्केट पछिल्लो समय लगातार विकास भइरहेको, दुई तीन वर्षकै अवधिमा ४० देखि ६० प्रतिशतसम्म मूल्य वृद्धि भएको र प्रपर्टीको आम्दानीमा कुनै कर नलाग्ने भएकाले पनि लगानीका लागि उपयुक्त रहेको ठहर लामिछानेको छ ।

लामो समयदेखि बेलायतमा रिटेल, हस्पिटालिटीजस्ता क्षेत्रमा आबद्ध रहेर झण्डै एक दशकदेखि लन्डनका लुइसम र डार्टफोर्डमा सफलतापूर्वक केकबक्स सञ्चालन गर्दै आएका व्यवसायी लामिछानेले युएईमा प्रपर्टीको प्रचुर सम्भावना देखेरै आफू त्यसतर्फ आकर्षित बनेको सुनाए।

पछिल्लो समय दुबईमा पनि फुड व्यवसाय सञ्चालन गरिरहेका उनले प्रपर्टी मेनेजमेन्ट सेवा समेत शुरु गरिसकेका छन्।

लोकसन र प्रपर्टीअनुसार मूल्य फरक पर्ने भएपनि औसतमा ८० हजारदेखि १ लाख पाउण्डसम्ममा स्टुडियो फल्याट र दुई लाख पाउण्ड हाराहारीमा एक बेडरुम फल्याट खरिद गर्न सकिने लामिछाने बताउंछन्। यी प्रपर्टीमा किचनदेखि बेडरुम र सबै फर्निचरसम्म पूर्ण फर्निस्ड रहन्छन् ।

इभेन्टमा भाग लिन इच्छुक लगानीकर्ताले डमाक एजेन्ट लामिछानेलाई 07868252426 नम्बरमा टेलिफोन गरी अपोइन्टमेन्ट बुक गर्न वा इभेन्ट अवधिभर जुनसुकै समयमा वाक इन गर्न सक्ने जनाइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू