विश्वकप खेलका लागि इङ्गल्याण्ड र वेल्सका पब सोमबार बिहान ५ बजेसम्म खुल्ने

लन्डन । विश्वकप फुटबलको राउन्ड अफ १६ अन्तर्गत इङ्गल्याण्ड र मेक्सिकोबीच हुने खेललाई लक्षित गर्दै इङ्गल्याण्ड र वेल्सका पबहरूलाई आगामी सोमबार बिहान ५ बजेसम्म खुला राख्न विशेष अनुमति दिइने भएको छ।
मेक्सिको सिटीमा आयोजना हुने उक्त खेल नेपाली तथा बेलायती समयअनुसार सोमबार मध्यरात्रि अर्थात् बिहान १ बजे सुरु हुनेछ।
यसअघि सरकारले विश्वकपका लागि मदिरा बिक्री र सञ्चालनसम्बन्धी विद्यमान लाइसेन्स कानुनमा कुनै छुट नदिने बताएको थियो। तर खेलको महत्व र फुटबलप्रेमीहरूको चासोलाई ध्यानमा राख्दै बिहीबार दिउँसो प्रधानमन्त्री कीर स्टारमरले खेल समाप्त नहुँदासम्म पबहरू खुला राख्न पाउने व्यवस्था गर्ने घोषणा गरेका हुन्।
यस निर्णयपछि प्रशंसकहरूले सामूहिक रूपमा पबहरूमा बसेर खेलको पूरा समय हेर्न र आफ्नो टोलीलाई समर्थन गर्न पाउने भएका छन्। रातिको समयमा हुने खेललाई दृष्टिगत गर्दा यो निर्णयलाई पब सञ्चालक र खेलप्रेमी दुवैले उत्साहका साथ लिएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


