मंगलबार, २३ जुन, २०२६
12:56 | १७:४१

जीवन विज्ञान यूकेले मनायो अन्तरराष्ट्रिय योग दिवस

नेपाली लिङ्क जुन २३, २०२६


लन्डन – विश्व योग दिवस (२१ जुन) को अवसरमा जीवन विज्ञान यूकेले विशेष योग कक्षा संचालन गरेको छ।

गत आइतबार प्लमस्टिड म्यानर स्कुलमा आयोजित कार्यक्रममा रोयल बरो अफ ग्रीनीचका पूर्व मेयर काउन्सिलर जीत रानाभाट तथा अब्बेउड काउन्सिलकी काउन्सिलर गौमाया गुरुङको पनि सहभागिता थियो।

जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले योग कक्षा संचालन गरिन् ।

कार्यक्रममा प्रत्यक्ष तथा अनलाइनबाट पनि सहभागीहरु जोडिएका थिए।

“दैनिक जीवनको भागदौडमा हाम्रो चित्त बाहिरतिर गैरहेको हुन्छ। शरीर, मन, भावना र चेतनालाई एक ठाउँमा ल्याउनु नै योग हो। योगको माध्यमले आफुभित्र स्व-केन्द्रमा फर्केर खुसी, शान्ति, आनन्द र तृप्तिको अनुभूति गर्न सक्छौं,” शर्माले भनिन् ।

प्रशिक्षक शर्माले श्रद्धेय गुरुदेवद्वय एलपी भानु शर्मा र रमेश नेपालको नेतृत्वमा जीवन विज्ञानको माध्यमबाट विश्वलाई योग र ध्यानको खजाना दिन सक्ने मुलुकको रुपमा नेपालको पहिचान बनाउने काम भैरहेको समेत बताइन् ।

जीवन विज्ञान यूकेले हरेक दिन बिहान ५:३० देखि ७ बजेसम्म भर्चुएल माध्यमबाट नि:शुल्क योग कक्षा संचालन गर्दै आएको छ भने गुरुदेवद्वयको समुपस्थितिमा यही जुलाई २५ देखि चक्र विज्ञान र १ अगस्टदेखि ऐश्वर्य विज्ञान कक्षाहरु संचालन गर्न लागिएका छन् |

आगामी जुलाई २५ बाट लन्डनको प्लमस्टिडस्थित प्लमस्टिड म्यानर स्कुलमा हुन गईरहेको चक्र विज्ञान तथा ऐश्वर्य विज्ञान कार्यक्रममा सहभागी हुन पनि उनले सबै मित्र तथा साधकहरुलाई आग्रह गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू