गायिका पवित्रले बेलायतको एकल साँझमा जुटाएको कोषले बनाइन् विद्यालय

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ स्थित गोल्फुभञ्ज्याङ माध्यमिक विद्यालयको नवनिर्मित प्रवेशद्वार र घेराबारको उद्घाटन बुधबार हुने भएको छ ।
विद्यालयकी पूर्वविद्यार्थी एवं गायिका पवित्र गुरुङको सहयोगमा निर्मित पूर्वाधारको बुधबार एक कार्यक्रमबिच उद्घाटन गर्न लागिएको हो। उद्घाटन उनले नै गर्ने विद्यालयले जनाएको छ ।
बेलायतमा गत ३१ अगस्टमा पवित्र गुरुङको एकल सांगीतिक साँझ भएको थियो । कार्यक्रममार्फ संकलित ८ लाख १२ हजार ६८० रुपैयाँको लागतमा उक्त संरचना निर्माण गरिएको हो।
गोर्खा मिडियाको प्रस्तुति र व्यवस्थापनमा सम्पन्न भएको एकल साँझमा गायिका पवित्र र बेलायतको डीएमटी ब्यान्डले प्रस्तुति दिएका थिए।
कार्यक्रम संयोजन तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गोर्खा प्यालेस रेस्टुरेन्ट फर्नबोरोका प्रोप्राइटर सूर्य गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र सहसम्पादक प्रकाश गुरुङ तथा डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङले गरेका थिए ।
नवनिर्मित संरचनाले विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित बन्ने गायिका गुरुङको विश्वास छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


