बुधबार, १७ जुन, २०२६
08:57 | १३:४२

लन्डन दूतावासमा वृहत व्यापार तथा लगानी सम्मेलन गर्ने तयारी

नेपाली लिङ्क जुन १७, २०२६

लण्डनस्थित नेपाली दूतावास

लन्डन । लन्डनस्थित नेपाली दूतावासले आउंदो महिना एक वृहत व्यापार तथा लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।

आउंदो ३ जुलाई शुक्रबार दूतावास भवनमा ‘नेपाल बेलायत व्यापार, लगानी एवं डिजिटल आउटसोर्सिङ’ शीर्षकमा बिहान १० देखि अपरान्ह ४.३० सम्म सम्मेलन गर्ने तयारी छ ।

कार्यवाहक राजदूत विपिन दुवाडीले सम्मेलनमा दुई देशबीच व्यापार-लगानी प्रवर्धन, लगानीका सम्भावना उजागर तथा आइटी, कानून, अकाउन्टिङ जस्ता क्षेत्रमा 
आउटसोर्सिङका सम्भावनाबारे उद्यमी एवं सरकारी उच्च पदस्थ पदाधिकारीहरुमाझ छलफल हुने जनाए । सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनेछ।

उक्त सम्मेलनमा दुई देशका व्यापारिक संस्थाहरु बेलायती चेम्बर अफ कमर्स र नेपाल चेम्बर अफ कमर्सबीच ‘एमओयू’ गर्न पहल भइरहेको पनि दुवाडीले जनाए ।

यसका लागि बेलायती पक्षबाट लगभग अन्तिम टुंगो लागिसकेको छ भने नेपाल चेम्बर अफ कमर्ससंग छलफल भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू