बुधबार, ३ जुन, २०२६
23:57 | ०४:४२

बेलायतमा मानिसको क्षमता अभिवृद्धि गर्न सघाउने एक प्रशिक्षण हुंदै

नेपाली लिङ्क जुन ३, २०२६

लन्डन । बेलायतमा मानिसभित्र रहेको क्षमता गुणात्मक रुपमा अभिवृद्धि गर्न सघाउने एक प्रशिक्षण हुने भएको छ ।

यूकेस्थित प्रशिक्षक मन गुरुङको प्रशिक्षणमा फार्नबोरोमा आउंदो २४ र २५ जुलाईमा २ दिने आन्तरिक क्षमता अभिवृद्धि तथा सशक्तिकरण तालिम हुने भएको हो ।

‘अनलिस योर इनर सेल्फ ९’ नामक उक्त तालिम अल्डरसटस्थित वेस्ट इन्ड सेन्टरमा बिहान साढे ८ः३० बजेदेखि शुरु हुने गुरुङले जनाए ।

तालिममा सहभागी हुन शुल्क भने लाग्नेछ । तालिमबाट वचत रकमको केही हिस्सा नेपाल र यूकेका अति आवश्यक च्यारिटी संस्थालाई सहयोग गरिने प्रशिक्षक गुरुङले जानकारी दिए ।

‘हरेक मानिस सफल, स्वस्थ्य, समृद्ध र खुसी हुन चाहन्छ । तर त्यसका लागि आफूसंग रहेको क्षमता उजागर गर्न मानिस सकिरहेको हुंदैन् । हामी त्यही सिकाउंछौं’, गुरुङले भने । उनले मानिस खुशी, स्वास्थ्य र सम्वृद्धि हुन र १० औं देखि माथि प्रगति गर्न यस्तो तालिम आवश्यक रहेको पनि बताए ।

यस प्रशिक्षण व्यापार व्यवसाय र करिअरमा सफलता हासिल गर्ने उपाय, आफूभित्रको डर हटाएर आत्मविश्वास वृद्धि, डर, त्रास र संकोच हटाउने, धेरै गुणा आत्मविश्वास अभिवृद्धि, सकारात्मक विचार वीजारोपण, समृद्धि, अनुशासन र सशक्तिकरण, नवप्रवर्तन सुदृढ संगठन र नेतृत्व विकास, रणनीति, आर्थिक ज्ञान, आयआर्जनका उपाय आदि विषयमा केन्द्रित हुने बताइएको छ ।

तालिम घरमै बसेर पनि आफ्नो अनुकुल समयमा सिक्ने गरी व्यवस्था मिलाइने गुरुङले जानकारी दिए ।

यूकेबाट उच्च शिक्षा हासिल गरेका, आइसीअफ कोच, कम्युनिटी लिडर, सिनियर प्रशिक्षक ताइची एण्ड किकोङ, स्पोर्टस इन्थुजिआस्टिक, विपश्यना मेडिटेटर मन गुरुङसंग यस क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू