सोमबार, १ जुन, २०२६
बेलायतले रुवाण्डालाई १०० मिलियन पाउण्ड तिर्नु नपर्ने

नेपाली लिङ्क
जुन १, २०२६
लन्डन । बेलायतले रद्द गरिएको रुवाण्डा शरणार्थी सम्झौता अन्तर्गत रुवाण्डालाई थप करोडौं पाउण्ड तिर्नु नपर्ने भएको छ। नेदरल्याण्ड्सस्थित अन्तर्राष्ट्रिय अदालतले बेलायतको पक्षमा फैसला सुनाएको हो।तत्कालीन कन्जरभेटिभ सरकारले बेलायतमा अवैध रूपमा प्रवेश गरेका शरणार्थीहरूलाई रुवाण्डा पठाउने योजना अघि सारेको थियो। जस अनुसार बेलायतले रुवाण्डालाई निश्चित रकम दिने सहमति भएको थियो।
तर, लेबर पार्टीका नेता सर कियर स्टार्मर प्रधानमन्त्री भएलगत्तै उक्त योजना रद्द गरिएको थियो । रुवाण्डा सरकारले सम्झौताको शर्त उल्लंघन भएको भन्दै बेलायतसँग १०० मिलियन पाउण्डभन्दा बढी रकम माग गरेको थियो।
नेदरल्याण्ड्समा तीन दिनसम्म चलेको सुनुवाइमा बेलायतका वकिलहरूले लेबर सरकार आएपछि योजना खारेज हुनु स्वाभाविक भएको तर्क गरेका थिए। योजना नै रद्द भएपछि थप रकम तिर्नु नपर्ने कुरा सामान्य भएको उनीहरुको भनाइ थियो।
अदालतको निर्णयसँगै बेलायतले सम्झौता भंग भएको भन्दै रुवाण्डाले मागेको थप रकम तिर्नु नपर्ने भएको छ। यस विषयमा थप विवरण आउन बाँकी छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


