बेलायतमा ग्याँस-बिजुलीको मूल्य जुलाइदेखि फेरि वृद्धि

लन्डन- बेलायतमा आगामी जुलाईदेखि लागू हुने गरी घरेलु रुपमा प्रयोग हुने ग्याँस, बिजुलीजस्ता ऊर्जाको मूल्य फेरि बढ्ने भएको छ।
बेलायतको ऊर्जा नियामक संस्था अफजेमले इंग्ल्यान्ड, सकटल्यान्ड र वेल्समा वार्षिक ऊर्जा मूल्यको सीमा अर्थात (प्राइस क्याप) १३ प्रतिशतले बढाउने घोषणा गरेको हो।
नयाँ निर्णयअनुसार बेलायतमा औसत घरधुरीको वार्षिक ग्यास, बिजुलीको बिल करिब १,८६२ पाउण्ड पुग्ने आंकलन गरिएको छ। यसअघि यो करिब १,६४१ थियो। त्यस अनुसार एक सामान्य घरधुरीले अहिले तिर्दै आएको ग्यास, बिजुलीको बिल अब मासिक १८ पाउण्ड अर्थात वार्षिक २ सय २१ पाउण्डले बढ्नेछ।
नयाँ दरअनुसार ग्याँसको मूल्य करिब २४ प्रतिशत र विद्युतको मूल्य करिब ५ प्रतिशतले बढ्नेछ।
यसले तत्कालको लागि “स्ट्यान्डर्ड भेरिएबल ट्यारिफ” मा रहेका घरधुरीलाई असर गर्नेछ।
अफजेमका अनुसार बेलायतमा करिब ४० प्रतिशत उपभोक्ता अहिले नै ‘फिक्स्ड ट्यारिफ मा रहेकाले उनीहरूलाई तत्काल असर पर्नेछैन। तर बाँकी उपभोक्ताको मासिक खर्च उल्लेखनीय रूपमा बढ्ने छ।
ऊर्जा मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा ग्याँसको मूल्य महँगिनु हो। मध्यपूर्वको तनाव र स्ट्रेट अफ होर्मुज क्षेत्रमा आपूर्ति अवरोध हुन सक्ने चिन्ताका कारण ग्यासको मूल्य उकालो लागेको बताइएको छ।
ऊर्जा मूल्य वृद्धिपछि बेलायती सरकारले जीवनयापन खर्च (लिभिङ कस्ट) नियन्त्रण गर्न दबाब सामना गरिरहेको छ।
विज्ञहरूले अन्तर्राष्ट्रिय ग्याँस बजार अस्थिर नै रहेमा आगामी अक्टोबरमा पनि मूल्य पुनः बढ्न सक्ने चेतावनी दिएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


