मंगलबार, २४ नोभेम्बर, २०२६
15:23 | २१:०८

लन्डनस्थित नेपाली दूतावासमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जीवन विज्ञान युकेका प्रशिक्षकहरूले ध्यान तथा योग अभ्यास गराउने

नेपाली लिङ्क मे २८, २०२६

लन्डन । अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसर पारेर लन्डनस्थित नेपाली राजदूतावासमा विशेष ध्यान तथा योग शिविर आयोजना हुँदैछ। नेपाली राजदूतावास लन्डन र जीवन विज्ञान यूकेको संयुक्त आयोजनामा यही जुन २१, २०२६ आइतबार बिहान १० देखि १२ बजेसम्म दूतावास परिसरमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो।

मानिसको शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यसँग जोडिएको प्राचीन अभ्यास योगले व्यस्त जीवनशैली, तनाव र असन्तुलित दिनचर्याका बीच शरीरलाई स्वस्थ, मनलाई शान्त र जीवनलाई अनुशासित बनाउन मद्दत गर्ने भएकाले दूतावासले योग सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा जीवन विज्ञान यूकेका अनुभवी प्रशिक्षकहरूले योग अभ्यास गराउने जानकारी दूतावासले दिएको छ। कार्यक्रमले बेलायतमा रहेका नेपाली समुदाय तथा योगप्रेमीहरूलाई स्वस्थ, सचेत र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुनुअघि अनिवार्य रूपमा नाम दर्ता गर्न दूतावासले अनुरोध गरेको छ। नाम दर्ताका लागि अनलाइन फारम उपलब्ध गराइएको छ। नाम दर्ताका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू