शुक्रबार, २२ मे, २०२६
10:02 | १४:४७

बेलायती मन्त्री मल्होत्रा ​​काठमाडौँमा, गोर्खा प्रतिनिधिसँग भेट गर्ने योजना

नेपाली लिङ्क मे २२, २०२६

लण्डन – समानता एवं इन्डो-प्यासिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा ​​नेपाल पुगेकी छन्।

तीन दिने भ्रमणका लागि उनी शुक्रबार नेपाल पुगेकी हुन्। नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो।

नेपाल का लागि बेलायती राजदूत रब फेनले काठमाडौँ मा स्वागत गर्दै भनेका छन्- ‘बेलायत-नेपालको लागि यो एक महत्वपूर्ण भ्रमण हो। यो दुई देशबीच मित्रताको सम्बन्ध र हाम्रो आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने मौका पनि हो।’

भ्रमणका अवसरमा मन्त्री मल्होत्राले नेपाल सरकारका अधिकारीहरू र गोर्खा प्रतिनिधिसँग भेट गर्ने बताइएको छ ।

बेलायतबाट काठमाडौँ पुगेका गोर्खा भेट्रान ज्ञानराज राईले मन्त्री मल्होत्रालाई भेट्ने योजना रहेको पुष्टि गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू