शनिबार, १६ मे, २०२६
21:02 | ०१:४७

बिजीएनसीसीसी नेपालको अभियान निर्देशकमा अधिवक्ता योगिता राई

नेपाली लिङ्क मे १६, २०२६

लन्डन । बिजीएनसीसीसी–यूके/नेपालले संस्थाकी कानुनी सल्लाहकार अधिवक्ता योगिता राईलाई बिजीएनसीसीसी– नेपालको ‘अभियान निर्देशक’ को जिम्मेवारी सुम्पेको छ ।

अधिवक्ता राईले यसअघि बिजीएनसीसीसी–नेपालको कानुनी सल्लाहकारका साथै सचिव र संयोजकको भूमिकामा रहेर अभियानमा महत्त्वपूर्ण योगदान पु¥याइसकेकी छन् ।

१६ मे २०२६ का दिन काठमाडौँमा बिजीएनसीसीसी– नेपालद्वारा आयोजित गोर्खा सत्याग्रह–नेपालसँगको संयुक्त कार्यक्रममा अधिवक्ता राईलाई बिजीएनसीसीसी–यूके-नेपालको आधिकारिक पत्र हस्तान्तरण गर्नुका साथै खदा ओढाएर बधाई ज्ञापन गरिएको थियो ।

उक्त कार्यक्रममा बिजीएनसीसीसी–यूके/नेपालका महासचिव होम किरात सुनुवार, वरिष्ठ सल्लाहकार ज्ञानबहादुर राई, बिजीएनसीसीसी नेपालका संयोजक फुर्वा गर्ज शेर्पा, सचिव सुष्मा चेम्जोङ, कोषाध्यक्ष निमा शेर्पा लगायत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालका पदाधिकारी एवं सल्लाहकारहरूको उपस्थिति थियो ।

त्यसैगरी, गोर्खा सत्याग्रह अभियानको सिलसिलामा नेपाल पुगेका गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईलाई समेत खदा ओढाएर स्वागत गरिएको थियो।

संयोगवश, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र बिजीएनसीसीसी–नेपालका दुवै अभियान निर्देशकहरूलाई एकैसाथ बधाई तथा स्वागत सम्मान गर्ने अवसर जुरेको थियो ।

ब्रिटिस गोर्खाहरूमाथि भइरहेको बेलायती असमान विभेद र नेपाली राष्ट्रियतासँग सम्बन्धित दुवै मुद्दा निकट भविष्यमै समाधान हुनेछन् भन्ने अपेक्षा छ ।

– सन्तोष थलङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू