बुधबार, १३ मे, २०२६
09:01 | १३:४६

गोर्खा भेट्रानलाई स्थानीय निर्वाचनमा मतदान अधिकार दिलाउन आग्रह

नेपाली लिङ्क मे १३, २०२६

लन्डन – लण्डनमा बसोबास गर्दै आएका गोर्खा भेट्रानहरूले बेलायतको स्थानीय निर्वाचनमा मतदान गर्न पाउनुपर्ने माग भएको छ।

गोर्खा समुदायका तर्फबाट बेजिङ्स्टक निवासी सुरक्षा विद एवं बुद्धिजिवी शिवजी श्रेष्ठले स्थानीय सांसद मर्फी लुकलाई एक पत्र लेख्दै बेलायतका लागि लामो समयसम्म बहादुरी, निष्ठा र बलिदानका साथ सेवा गरेका भेट्रानहरूलाई मतदानको अधिकारबाट वञ्चित गरिनु न्यायोचित नभएको बताएका हुन्।

बेलायतमा स्थायी रूपमा बसोबास गरिरहेका धेरै गोर्खा भेट्रानहरूसँग इन्डेफिनिट लिभ टु रिमेन (आईएलआर) वा इन्डेफिनिट लिभ टु इन्टर (आईएलइ) भए पनि उनीहरू ब्रिटिश नागरिक नभएकै कारण स्थानीय निर्वाचनमा सहभागी हुन नपाउने अवस्था छ।

श्रेष्ठले पत्रमार्फत सोही कानुनी हैसियतमा रहेका कमनवेल्थ मुलुकका नागरिकहरूलाई भने मतदानको अधिकार दिइएको उल्लेख गर्दै गोर्खा समुदायमा यसले असमानता र बहिष्करणको भावना पैदा गरेको उल्लेख गरेका छन्।

सांसद मर्फी लुकसँग श्रेष्ठ

गोर्खा भेट्रानहरूले बेलायतको रक्षा, मूल्य र समुदायका लागि पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई स्थानीय निर्वाचनमा मतदानको अधिकार दिनु मानवीय सम्मान हुने उनको तर्क छ।

यस विषयलाई संसदमा उठाउन र विद्यमान कानुनी असमानता हटाउन सरकारसँग पहल गरिदिन श्रेष्ठले सांसद लुकलाई विशेष आग्रह समेत गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू