बुधबार, १३ मे, २०२६
01:58 | ०६:४३

गैर आवासीय नेपालीका अधिकार सुनिश्चित गर्न सरकारलाई एनआरएनए यूकेको आग्रह

नेपाली लिङ्क मे १२, २०२६


बेलफास्ट- गैर आवासीय नेपाली संघ युकेले नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई प्रदान गरेका अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

संघका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा ११ मे सोमबार नर्दन आयरल्यान्डको बेलफास्टमा बसेको कार्यसमितिको पूर्ण बैठकले एनआरएनए यूके राज्य समन्वय परिषद् नर्दन आयरल्यान्डले गैरआवासीय नेपाली सम्बन्धी विधेयकका विषयमा गराएको ध्यानाकर्षणलाई समेत सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रस्तुत गरेका सुझावहरू तथा साथै “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मूल मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्न पनि नेपाल सरकार तथा सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

बैठकले बंशजको नागरिकता निरन्तरतामा समेत जोड दिएको छ ।

बैठकले सर्व सम्मतिले सल्लाहकारहरुलाई थप गर्ने निर्णय गरेको छ जसमा रामचन्द्र गुरुङ, विकास चुडाल, पत्रकार भगीरथ योगी, काउन्सिलर जीत रानाभाट, काशीराम भन्डारी, नारायण फुयाल, श्याम खत्री, शंकर भन्डारी, सूर्य पौडेल, गोविन्द खराल, सचिन श्रेष्ठ, विनोद ज्ञवाली, देउमान ईजाम, ज्ञानेन्द्र आले र कुमार केसी छन्। कार्यसमितिको रिक्त एक पदमा शिव खराल (वेल्भरहम्टन) लाई मनोनित गरेको छ ।

यसै गरी बैठकले विधान संयोजन समिति पुनर्गठन गर्दै उपाध्यक्ष उज्जवल कार्कीलाई संयोजकमा मनोनयन गरेको छ।

त्यस्तै समितिको सह संयोजकमा कृष्ण भन्डारी र सदस्यहरुमा बिदुर खत्री, डा विकास रानाभाट, शेर बहादुर केसी, राममाया बिष्ट, पुर्नेश्वर कंडेल, माधव भन्डारी र दीपक गैरेलाई मनोनयन गरेको प्रवक्ता श्याम लुइंटेलले बताए।

त्यस्तै, विद्यार्थी, वेलफेयर, कम्युनिटि संलग्नताको जिम्मेदारी विद्यार्थी विभाग प्रमुख विष्णुभक्त भट्टराईलाई बैठकले दिइएको महासचिव दिवाकर पाण्डेले जानकारी दिए ।

यसै गरी बैठकले एक एनसीसी एक परियोजना समितिमा लीलाराम निउरे, राम प्रसाद कंडेल, कृष्ण भन्डारी, गौतम राई, कृष्ण देवकोटा र सरोज थापालाई थप गरिएको छ। एक एनसीसी एक परियोजना समितिका संयोजक अध्यक्ष राजेन्द्र पुडासैनी छन् ।

त्यस्तै खेलकूद विभागको सदस्यमा राम श्रेष्ठ, गौतम राई, विद्यार्थी विभागको सदस्यमा किरण कंडेल (नर्दर्न आयरल्यान्ड) लाई मनोनयन गरेको छ।


बैठकले डा नारायण कंडेल नेपाल सरकारको महान्यायधिवक्ताको पदमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ ।

एनआरएनए अन्तरराष्ट्रीय समन्वय परिषदको १२ औं अधिवेशनमा बेलायतबाट आईसीसीमा निर्वाचित पदाधिकारीहरू र युकेका सल्लाहकारहरूलाई स्वागत र बधाई कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ ।

उक्त कार्यक्रमको संयोजन गर्ने जिम्मा एनआरएनए यूके प्रवक्ता श्याम लुईटेललाई जिम्मा दिइएको छ । प्रवक्ता लुईटेलले सचिवालयसँग समन्वय गरि सो कार्यक्रमको मिति र स्थान तय गर्नेछन् ।

बैठकको अन्त्यमा अध्यक्ष पुडासैनीले बैठक आयोजना गर्न खट्ने एनआरएनए यूके राज्य समन्वय परिषद्आयरल्यान्ड टिमलाई हार्दिक बधाई दिएका थिए।

उनले एनआरएनए यूकेलाई एकताबद्ध गर्दै एनआरएन समुदायका मुद्दा सम्बोधन गर्न यो कार्यसमितिले कुनै कसर बाँकी नराख्ने वचनवद्धता समेत व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू