शुक्रबार, ८ मे, २०२६
तामाङ समाज यूकेले लन्डनमा मनायो २५७० औं बुद्ध जयन्ती

नेपाली लिङ्क
मे ७, २०२६

लन्डन । तामाङ समाज यूकेले लन्डनमा २५७० औं बुद्ध जयन्ती मनाएको छ ।
बुद्ध पूर्णिमाको अवसर पारेर गत आइतबार बीसीसी यूके लन्डन ब्रान्च (वेष्ट लन्डन अक्सब्रीज) गुम्बामा समारोह भएको हो ।
समाजका नवनियुक्त अध्यक्ष सुरेश वाइवाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ६ जना लामाहरु खेन्पो थुप्तेन धोन्दुप, खेन्पो काल्साङ दोर्जे, लोपेन फुर्बा तेन्जिन, लोपेन दीपेन, लामा कर्पो र मिङ्मार तामाङले पूजापाठ तथा बुद्ध सम्बन्धी प्रवचन दिएका थिए ।
अध्यक्ष सुरेश वाइवाको नेतृत्व आएपछि समाजको यो पहिलो सार्वजनिक कार्यक्रम थियो ।
कार्यक्रममा अध्यक्ष वाइवाले २५७० औं बुद्ध जयन्तीको शुभकामना दिंदै गुरु लामाहरु, सहयोगदाता, स्वयंसेवकहरु लगायत उपस्थित सबैप्रति आभार व्यक्त गरे ।
बिहान ११ देखि अपरान्ह ५ बजेसम्म भएको उक्त समारोहमा करिब डेढ सय जना सहभागी थिए ।

अध्यक्ष सुरेश वाइवा


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


