मंगलबार, वैशाख १८, २०८१
05:10 | ०९:५५

बेलायतमा ३.९ म्याग्निच्युड भूकम्पको धक्का

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२०

लन्डन । बेलायतमा ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । लण्डनको बेडफोर्डशायरमा भूकम्पको धक्का महशुस गरिएको थियो । घरमा सामान्य धक्का महशुश गरिएको स्थानीयहरुले बताएका छन् ।

बेडफोर्डशायर, लन्डन, मिल्टन केन्स, आयलेसबरी र हाईवेकम्ब लगायत क्षेत्रमा भूकम्पको धक्का महशुश गरिएको थियो । मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा उक्त भूकम्प गएको थियो  ।

लण्डनको अक्स्ब्रिज आसपासमा करिब १० किलोमिटर गहिराईको  भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले  जनाएको छ । घरका सोफाहरू तथा वार्डरोब हल्लिएको स्थानीयहरुले बताएका छन्  ।

भूकम्पबारे अन्य विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू