प्रेस्टनमा पहिलोपटक नेपाली दूतावासको राहदानी तथा कन्सुलर सेवा शिविर


लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा शिविर गरेको छ ।
नेपाली समाज प्रेस्टनको समन्वयमा आइतबार पहिलोपटक सो क्षेत्रमा शिविर गरिएको हो ।
शिविरबाट करिब ३० जना लाभान्वित भएको दूतावासले जनाएको छ । प्रेस्टन र आसपासका क्षेत्रहरू म्यानचेस्टर, लिभरपुल, कार्लिस र बोल्टनमा बसोबास गर्ने सेवाग्राहीका लागि ‘टार्गेट’ गरेर शिविर गरिएको थियो ।
नेपाली समाज प्रेस्टनका अध्यक्ष हरिकृष्ण कार्कीले पहिलोपटक आफ्नो समुदायमा आएर दूतावासले अत्यावश्यक राहदानी तथा कन्सुलर सेवा प्रदान गरेकामा दूतावासप्रति आभार प्रकट गरेका छन् ।
‘हामीले यसअघि कहिल्यै बेलायतमा नेपाली दूतावास भएको अनुभूति गर्न पाएका थिएनौं’, अध्यक्ष कार्कीले भने, ‘तर महामहिम कार्यवाहक राजदूत विपिन दुवाडीले पहिलोपटक हामीलाई सम्झिएर शिविर प्रवन्ध गरिदिनु भयो, धेरै ऋणी छौं ।’
शिविरबाट सेवाग्राहीलाई लन्डनसम्म जान आउन समय र पैसा वचत भएको कार्कीले बताए ।

नेपाली समाज प्रेस्टनका अध्यक्ष हरिकृष्ण कार्की
अध्यक्ष कार्कीले नेपाली लिंकमा आफूहरुको समाचार आएपछि दूतावासले शिविर आयोजना गरेको भन्दै नेपालीलिंकप्रति समेत आभार व्यक्त गरे ।
गत सातामात्र नेपाली समाज प्रेस्टनले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी पहिलोपटक पुगेका थिए ।
उक्त ‘मिट एण्ड ग्रीट’ कार्यक्रम नेपाली समाज प्रेस्टन आधिकारिक रुपमा दर्ता भए पश्चात पहिलो र प्रेस्टनमा नेपाली दूतावासबाट प्रतिनिधित्व भएको पनि पहिलोपटक थियो ।
सो अवसरमा मध्यपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठको पनि विशेष आतिथ्य थियो ।




सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


