बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लण्डन


लन्डन । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय खेन्पो गुरु संगय फुन्टशोक शेर्पा लन्डन आइपुगेका छन् ।
उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको निमण्त्रणामा लन्डन आएका हुन् । उनी संगै लामा सोनाम लाङ्गफो समेत बेलायत आएका छन् ।
उनको स्वागतार्थ बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख शारदा गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण गुरुङ, खेन्पो छिरिङ्ग, उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोहका संयोजक रोबिन गुरुङ हिथ्रो एयरपोर्ट गएका थिए ।
बीसीसी यूकेले आउँदो १ मे शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागेको २५७० औं बुद्ध जयन्तीको अवसरमा खेन्पो गुरु लन्डन आएका हुन् । श्रद्धेय खेन्पो फुन्टुशोक शेर्पाले अमितायुस लङ्ग लाइफ इम्पावरमेन्टको विशेषता र महत्वबारे प्रवचन दिनुका साथै आयुको अभिषेक (वाङ्ग) प्रदान गर्ने कार्यक्रम छ ।
उक्त बुद्ध जयन्ती सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेको आमा प्रमुख शारदा गुरुङले जानकारी दिइन् । उनले कार्यक्रममा सहभागी भइदिन सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध गरेकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


