वेल्सको ब्याङगोर विश्वविद्यालयमा पहिलोपटक ‘नेपाल डे’

लन्डन- संयुक्त अधिराज्यको उत्तरी वेल्सस्थित ब्याङगोरमा रहेको ब्याङगोर विश्वविद्यालयमा पहिलोपटक नेपाल डे इभेन्ट आयोजना भएको छ ।
मंगलबार विश्वविद्यालयको नेपलिज सोसाइटीको आयोजना र बिज एजुकेसनको सहयोगमा ब्यांगोर नेपाल डे भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले लन्डनबाट झण्डै ५ घण्टा टाढा अवस्थित ब्याङगोर विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थीले नेपाल डेमार्फत नेपाली कला संस्कृति, रहनसहन र भेषभूषा प्रवर्धन गरिरहेको पाउंदा खुशी लागेको बताए ।
उनले विद्यार्थीलाई धेरै महत्वकांक्षी नभई अध्ययनमा केन्द्रित हुन सुझाव दिए । विश्वविद्यालय जीवन आफैंमा रमाइलो हुने भएकाले सानातिना चुनौति सामना गरि खुशी हुन समेत उनले सुझाए ।
विश्वविद्यालयकी ग्लोवल इन्गेजमेन्ट डिरेक्टर सर्जिन मोनप्लेले पहिलोपटक नेपाल डे कार्यक्रममा सहभागी हुन पाउंदा खुशी लागेको बताइन् । नेपाली सोसाइटीको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै उनले विद्यार्थीको हकहितमा आफूहरु सधैं गम्भीर हुने प्रतिवद्धता पनि जनाइन् ।
सो अवसरमा हाल बेलायत भ्रमणमा रहेका भक्तपुर ठिमी मेयर सुरेन्द्र श्रेष्ठ, बिज एजुकेशनका निर्देशक हरि कार्की लगायतको सहभागिता थियो । सोसाइटीले कार्यवाहक राजदूत दुवाडी, मेयर श्रेष्ठसहित विश्वविद्यालय व्यवस्थापनका अधिकारीहरुलाई खादा र पुष्पगुच्छाले स्वागत गरेको थियो ।
सो अवसरमा ब्याङगोर नेपलिज सोसाइटीका गतिविधि प्रस्तुत गर्दै अध्यक्ष गृष्मा गुरुङले सन् २०२३ मा स्थापना भएको सोसाइटीले नेपाली विद्यार्थीबीच नेटवर्किङ, एकापसमा सहयोग आदानप्रदान, नेपाली चाडपर्व दशैं तिहार, फागु पूर्णिमा मनाउनेदेखि नेपाली कला संस्कृति र रहनसहन प्रवर्धनसम्म गर्दै आएको बताइन् । त्यस्तै, सोसाइटी उपाध्यक्ष रेणु क्षेत्रीले नेपाली विद्यार्थीका रुपमा विश्वविद्यालयको आफ्नो अनुभव सुनाइन् ।
कार्यक्रममा सोसाइटीका तर्फबाट प्रीति छन्त्यालले आकर्षक स्वागत नृत्य तथा अनुराग श्रेष्ठ, लक्ष्मण महरा, वसन्त चन्द र रवि केसीको ब्यान्डले लाइभ म्यूजिकसहित सुमधुर नेपाली गीतहरु प्रस्तुत गरी मनोरञ्जन दिलाए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


