बेलायतमा झुल्किइन् स्वर्गकी परी (म्यूजिक भिडियो)


लन्डन । बेलायतमा छायांकन गरिएको ‘स्वर्गकी परी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आगामी मे २९ (जेष्ठ १५) मा विश्वव्यापी रिलिज हुन लागेको रनधीर श्रेष्ठ निर्देशित नेपाली मूभी ‘कुम्भ’ को प्रमोशनका रुपमा बिहीबार म्यूजिक भिडियोसहित यस पश्चिमेली गीत सार्वजनिक गरिएको हो ।
लन्डनका निर्देशक एवं सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन, सम्पादन र छायांकनमा बनेको म्यूजिक भिडियोमा मोडलहरु करण श्रेष्ठ र सुसी खड्काको अभिनय छ । लन्डन ब्रीज, क्यानरी वार्फ, एक्सेलसहित लन्डनका अन्य रमणीय स्थानमा भिडियो छायांकन गरिएको छ । यसमा मेकअप दिपिका श्रेष्ठले गरेकी छन् ।
निर्देशक श्रेष्ठले म्यूजिक भिडियोको क्वालिटीमा कुनै कम्प्रमाइज नगरिएको बताए । रमण थामीको स्वर रहेको ‘स्वर्गकी परी’ गीतमा अनुप तिवारीको संगीत छ ।
यस गीत हिन्दी, भोजपुरी, पश्चिमेली लगायत विभिन्न ६ भाषामा रेकर्ड भइसकेको छ ।

हेर्नुस् भिडियोः


