बुधबार, २२ अप्रिल, २०२६
19:56 | ००:४१

नवलपुर समाज यूकेमा चुनियो नयाँ कमिटी, सन्तोष रेग्मी अध्यक्ष

नेपाली लिङ्क अप्रिल २२, २०२६

लन्डन- नेपालमा नवलपुर जिल्ला घर भइ बेलायतमा बस्दै आएका नवलपुरेहरुको संस्था नवलपुर जिल्ला समाज यूकेले नयाँ नेतृत्व पाएको छ।

आइतबार लन्डन वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा सम्पन्न चौंथो अधिवेशनले संस्थाको सर्वसम्मत नयाँ नेतृत्व चयन गरेका हो।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षको रुपमा संस्थाको नेतृत्व सन्तोष रेग्मीले पाएका छन्। उपाध्यक्षमा प्रकाश कंडेल र युवराज राना, महिला उपाध्यक्षमा किताबी सारु मगर, महासचिवमा बिकेन रानामगर, सचिवमा ओम महतो र कोषाध्यक्षमा खुमराज पाठक चुनिएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यमा लोकेन्द्र रानामगर, मोति आले, जुना गुरुङ, सागर पाइजा, राजेन्द्र गिरी, ओमकला बस्याल, सुनिता ढकाल, कृष्णराज सापकोटा, धनराज थापामगर, लक्ष्मण अर्याल र गंगा सापकोटा छन्।

होम शर्माको संयोजकत्वमा टिकाराम सापकोटा र संस्थापक अध्यक्ष इन्द्रजीत सारुमगर सदस्य रहेको निर्वाचन समितिले नयाँ कमिटी चयनको प्रक्रिया सञ्चालन गरेको थियो।

यसअघि निवर्तमान कमिटीकी अध्यक्ष मीना सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदनलगायतमा छलफल गरिएको थियो।

अधिवेशन सकिएलगत्तै सोही भेन्यूमा समाजले नेपाली नयाँ वर्षका अवसरमा विविध सांस्कृतिक प्रस्तुतिसहित शुभकामना कार्यक्रम समेत गरेको थियो। सो अवसरमा समाजकै निमन्त्रणामा नेपालबाट आएकी नवलपुरे गायिका रुपी सिञ्जाली मगरले विशेष सांगीतिक प्रस्तुतिमार्फत् मनोरञ्जन दिलाएकी थिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू