सोमबार, २० अप्रिल, २०२६
02:24 | ०७:०९

सुदूरपश्चिम नेपाली समाज यूके अध्यक्षमा रावल

नेपाली लिङ्क अप्रिल १९, २०२६

लण्डन । सुदूरपश्चिम नेपाली समाज यूकेले नयाँ कार्यसमिति चयन गरेको छ । समाजले अप्रिल १८ तारिख ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित कार्यक्रममा पदम रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमिति उपाध्यक्षमा शैली चन्द राना, सुनिता ढुंगाना, महासचिवमा सुष्मा पौडेल, सचिवमा रविन्द्र पाण्डे र कोषाध्यक्षमा सुजन्त जंग शाह चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरूमा विष्णु भट्ट, दीपा रावल कुँवर, आयुष चन्द, बबी बोहरा र कल्पना जोशी छन् ।

सल्लाहकार समितिमा डा. श्याम चन्द, डा. जीव आचार्य, सुरेन्द्र ढुंगाना, भान बहादुर चन्द, बासु जोशी, खेमराज जोशी, डा. खेम जोशी, योगेश महत, विष्णु त्रिपाठी र कोमल मल्ल छन् ।

नयाँ वर्षको अवसर पारेर गरिएको यस कार्यक्रममा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। नवगठित समितिले आगामी कार्यकालमा संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित अध्यक्ष पदम रावलले समुदायको एकता, सहयोग र पहिचान सुदृढ गर्ने लक्ष्य राखिएको बताए। उनले यूकेमा बसोबास गर्ने सुदूरपश्चिमेली नेपालीहरूबीच आपसी सम्बन्ध बलियो बनाउन र विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू