लन्डन दूतावास पहिलोपटक केम्यान आइल्याण्डमा, कार्यवाहक राजदूतले भेटे गभर्नर


लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडीले केम्यान आइल्याण्डकी गभर्नर जेन ओवेनसँग भेटवार्ता गरेका छन् ।
केम्यान आइल्याण्ड भ्रमणका क्रममा भएको भेटमा त्यहाँ बसोबास तथा रोजगारीमा संलग्न नेपाली समुदायको अवस्था, योगदान र भविष्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यवाहक राजदूत दुवाडीले केम्यान आइल्याण्डमा कार्यरत नेपाली नागरिकहरूको हित, सुरक्षा र कल्याणका विषयमा ध्यानाकर्षण गराउँदै उनीहरूको हकहित संरक्षणका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
भेटवार्ताले केम्यान आइल्याण्डमा रहेका नेपालीहरूको अवस्था सुधार तथा द्विपक्षीय सहकार्य थप सुदृढ गर्ने दिशामा सकारात्मक सन्देश दिएको बताइएको छ।
त्यसैगरी, गभर्नर ओवेनले केम्यान आइल्याण्डमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्दै उनीहरूले सामाजिक तथा आर्थिक विकासमा खेलेको भूमिकाको सह्राना गरिन्।
यसैबीच, लण्डनस्थित नेपाली राजदूतावासले केम्यान आइल्यान्डमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुविधाका लागि अप्रिल १४, २०२६ मा जर्ज टाउनमा विशेष घुम्ती राहदानी सेवा शिविर सञ्चालन गरेको छ।
यसले राहदानी नवीकरण लगायत सेवाहरू लिन सहज भएको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


