नयां वर्ष कार्यक्रम गर्न बेलायत आइपुगिन् नवलपुरे गायिका रुपी सिन्जाली



लन्डन– नवलपुर जिल्लावासी राष्ट्रिय लोकदोहोरी गायिका रुपी सिञ्जाली मगर बेलायत आइपुगेकी छन् । उनी नवलपुर जिल्ला समाज यूकेले गर्न लागेको नेपाली नयाँ वर्ष २०८३ कार्यक्रमका लागि शनिबार बिहान बेलायत आएकी हुन् ।
गायिका रुपीलाई समाजकी अध्यक्ष मीना सापकोटाले विमानस्थलमा स्वागत गरेकी थिइन् । बेलायत आएर गायन प्रस्तुत गर्न आफू निकै उत्साहित भएको रुपीले बताइन् ।
नवलपुरे गायिका रुपी सिन्जाली मगरका साइली, माया मारयौ कि, रुनु पर्लानी लगायत अन्य थुप्रै गीत चर्चित छन् ।
समाजले यही अप्रिल १९ तारिख आइतबार लन्डन वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ ।
समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश कंडेलले कार्यक्रमको तयारी पूरा भइसकेको जनाए । कार्यक्रममा स्थानीय कलाकारहरुले समेत विभिन्न नृत्य, गीत प्रस्तुति गर्ने कंडेलले बताए ।
नयाँ वर्ष शुभकामना कार्यक्रम मध्यान्ह १२ देखि साँझ ६ बजेसम्म गरिनेछ ।
समाजकी अध्यक्ष मीना सापकोटाले सहभागिताका लागि समाजका सम्पूर्ण सदस्य, सल्लाहकार एवम् बेलायतवासी नवलपुरेहरुलाई आव्हान गरेकी छन् ।
सोही दिन समाजले अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन समेत गर्ने तयारी गरिरहेको छ ।

गायिका रुपीलाई समाजकी अध्यक्ष मीना सापकोटाले विमानस्थलमा स्वागत गरेकी थिइन्
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


