बिहीबार, ९ अप्रिल, २०२६
13:06 | १७:५१

किर्तनसहितको कथावाचनमा प्रख्यात भुवन गुरु बेलायतमा

नेपाली लिङ्क अप्रिल ९, २०२६


लन्डन- संगीतमय किर्तनका साथ कथावाचनका लागि प्रख्यात व्यासाचार्य तथा वाचक भुवन गुरु लन्डन आएका छन् ।

लन्डनस्थित पशुपतिनाथ मन्दिर र बर्मिङहमस्थित पशुपतिनाथ मन्दिर शनिधामको संयुक्त पहलमा बेलायतवासी नेपालीमाझ कथावाचनका लागि उनी बुधबार लन्डन आइपुगेका हुन् ।

लन्डन हिथ्रो विमानस्थलमा ज्योतिषी पण्डित निलहरि घिमिरेसहितले गुरुलाई स्वागत गरेका थिए ।

झण्डै डेढ महिनाका लागि बेलायत आएका उनले बेलायतका विभिन्न स्थानमा किर्तनसहितको कथावाचन गर्ने योजना छ ।

बैशाख १ गते लन्डन पशुपतिनाथ मन्दिरमा भुवन गुरुको स्वागतसहित नयां वर्ष मनाउने कार्यक्रम रहेको पण्डित निलहरि घिमिरेले जानकारी दिए ।

सोही मन्दिरमै शिवकथाका साथ तीन दिने महायज्ञ समेत गर्ने योजना रहेको तर मिति तय भइनसकेको उनले बताए ।

नेपालका विभिन्न क्षेत्रसंगै केही एशियाली मुलुक र अष्टेलियामा समेत कथावाचन गरिसकेपछि गुरु बेलायत आएका हुन् ।

गुरुका कथावाचन आयोजना गर्न वा अन्य जानकारीका लागि लन्डन पशुपतिनाथ मन्दिर र बर्मिङहम पशुपतिनाथ मन्दिर शनिधाममा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू