बिहीबार, ९ अप्रिल, २०२६
11:53 | १६:३८

‘पीपल नेपाल कप क्रिकेट’ र ‘नेपाल क्याम्प’ तयारीमा जुट्यो पोखरेली मञ्च यूके

नेपाली लिङ्क अप्रिल ९, २०२६

लन्डन- पोखरेली मञ्च यूके संस्थाका दुई प्रमुख वार्षिक इभेन्टहरुको तयारीमा जुटेको छ ।

मञ्चले आउँदो जुलाई ५, ८ र १२ तारिखका दिन ‘नवौं पीपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता’ तथा जुलाई महिनाकै २४ देखि २६ तारिखसम्म ‘नेपाल क्याम्प २०२६’ आयोजना गर्ने भएको हो।

नवौं पिपल नेपाल कप क्रिकेट प्रतियोगिता विगतमा जस्तै रेडिङ सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लबको मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको संयोजन मञ्चका निवर्तमान अध्यक्ष करम गुरुङले गर्दैछन् भने सह-संयोजन स्पोट्र्स कोअर्डिनेटर प्रकाश गुरुङ र विनय पुनको रहनेछ।

प्रतियोगितामा बेलायतभरबाट नेपाली क्रिकेट टोलीहरुले भाग लिनेछन् ।

त्यसैगरी, संस्थाले विगतमा ‘हाइक फर नेपाल’ का नाममा अन्य संस्थासंगको सहकार्यमा गर्दै आएको कार्यक्रम अब ‘नेपाल क्याम्प’ मा रुपान्तरण गरी संस्थाले एकल रुपमा आयोजना गर्नेछ ।

बेलायतको बाथस्थित मेनर फार्ममा तीन दिनसम्म चल्ने क्याम्पको संयोजन उपाध्यक्ष शेरा गुरुङले गर्नेछन् ।

पारिवारिक वातावरणमा सञ्चालन हुने क्याम्पमा विशेषत बालबालिकाहरुको सिर्जनात्मक सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरु रहनेछन् ।

त्यस्तै, हाम्रो डबली बेलायतको तर्फबाट लाइभ सांगीतिक प्रस्तुति पनि गरिनेछ ।

यसैबीच, मञ्चका अध्यक्ष पवित्र गुरुङाके अध्यक्षतामा हालै सम्पन्न कार्यसमिति बैठकले संस्थाको महासचिवमा विक्रम भट्टराई र सदस्यमा प्रेम गुरुङ (बेजिङस्टोक) लाई नियुक्त गरेको छ । मञ्चले विगतदेखि गर्दै आएका कार्यक्रमहरु नयाँ शैलीमा निरन्तरता दिने निर्णय गरिएको छ ।

मञ्चले बेलायतको नेपाली समुदायबीच आपसी सद्भाव सुदृढ गर्ने लक्ष्यका साथ आयोजना गर्न लागेका दुवै इभेन्टहरुमा सबैको सहयोग र सहभागिता अपेक्षा गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू