शनिबार, २८ मार्च, २०२६
18:13 | २३:५८

बेलायतमा आज रातिदेखि समर टाइम सुरु, घडी एक घण्टा अगाडि सारिँदै

नेपाली लिङ्क मार्च २८, २०२६

लन्डन । बेलायतमा आज रातिदेखि ‘ब्रिटिस समर टाइम’ (बीएसटी) सुरु हुने भएको छ । बेलायतको आधिकारिक समयतालिका अनुसार आइतबार, २९ मार्च २०२६ बिहान १ बजे घडीलाई एक घण्टा अगाडि सारेर २ बजे बनाइनेछ ।

घडी अगाडि सारिएपछि बेलायतमा साँझको समय अब धेरै बेरसम्म उज्यालो रहनेछ भने बिहानको उज्यालो केही ढिलो गरी हुनेछ।

प्राकृतिक प्रकाशको बढी उपयोग गर्ने उद्देश्यले बेलायतमा हरेक वर्ष मार्च अन्तिम आइतबार ब्रिटिस समर टाइम लागू गर्ने र अक्टोबरको अन्तिम आइतबार पुनः घडी एक घण्टा पछाडि सारेर ‘ग्रीनवीच मीन टाइम’ (जीएमटी) मा फर्काउने व्यवस्था छ । यो परिवर्तन सन् २०२६ अक्टोबर २५ मा हुनेछ।

अधिकांश स्मार्टफोन, ल्यापटप र डिजिटल उपकरणमा समय स्वतः परिवर्तन हुने भएपनि कतिपय घडी, भित्ते घडी तथा केही पुराना सवारीसाधनमा भने समय आफैँ मिलाउनुपर्ने हुन्छ।

समय परिवर्तनसँगै नेपाल र बेलायतबीचको समय अन्तर पनि एक घण्टाले घट्नेछ । हाल ५ घण्टा ४५ मिनेट रहेको समय अन्तर अब ४ घण्टा ४५ मिनेटमा सीमित हुनेछ। जसअनुसार बेलायतमा दिउँसो १२ बज्दा नेपालमा साँझ ४ः४५ बजेको हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू