बिहीबार, १२ मार्च, २०२६
बेलायती विदेशमन्त्रीसंग कार्यवाहक राजदूत दुवाडीले गरे शिष्टाचार भेट


नेपाली लिङ्क
मार्च १२, २०२६

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले इण्डो प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रासंग शिष्टाचार भेटघाट गरेका छन् ।
बुधबार बेलायती विदेश मन्त्रालय (एफसिडिओ) मा भएको उक्त भेट बेलायत नेपाल द्विपक्षीय मुद्दा र साझा हितहरूका विषयमा केन्द्रित रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
करिब एक घण्टा लामो उक्त भेटघाटमा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, व्यापार, लगानी, जलवायू, सामाजिक आर्थिक विकास आदि मुद्दामा सहयोग र प्राथमिकताबारे कुराकानी भएको कार्यवाहक राजदूत दुवाडीले नेपालीलिंकलाई बताए ।
सो भेटबाट नेपाल र बेलायतबीचको ऐतिहासिक एवं शताब्दीऔं लामो सम्बन्ध अझ सुदृढ बनाउने विश्वास दूतावासले गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ


